मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, असार ३० । नयाँ सरकार निर्माणमा सहकार्य गर्न लिखित सहमति गरेका कांग्रेस र माओवादी केन्द्रले मन्त्रालयको वर्गीकरण गरी बाँफाँड गर्ने निर्णय गरेका छन् । स्रोतका अनुसार दुई दलबीच भएको पाँचबुँदे आन्तरिक सहमतिमा कांग्रेसले गृहसहित १४ र माओवादीले प्रधानमन्त्री र अर्थसहित ८ मन्त्रालय लिने सहमति बनेको छ ।

दुई दलबीच भएको आन्तरिक सहमतिपत्रमा मन्त्रालयको संख्यासमेत तोकिएको छ । बाँकी मन्त्रालय भने सरकारमा सहभागी राप्रपा, साना दल र मधेसी दलहरुलाई छुट्याउने सहमतिमा उल्लेख छ । उक्त पत्रमा चैत मसान्तसम्म प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र त्यसपछिको बाँकी अबधि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने उल्लेख छ । दुई दलबीच भएको पाँच बुँदे आन्तरिक सहमतिलाई कांग्रेस केन्द्रीय समितिले समेत अनुमोदन गरेको छ ।

दुवै दलले यो सहमति फाइलिङ गरेर रेकर्डमा राखेपनि सार्वजनिक नगर्ने सहमति भएको छ । सरकार सञ्चालनका लागि दुवै दलका एक एक नेता रहने गरी उच्चस्तरीय संयन्त्र बनाउनेसमेत आन्तरिक सहमतिमा उल्लेख छ । प्रधानमन्त्रीले राजीनामा गरे वा अविश्वासको प्रस्ताव पास भएपछि मात्र कुन मन्त्रालय कुन दलले लिने भन्ने टुंगो लाग्ने स्रोतले उल्लेख गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post