मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

आरके सितल,
दाङ, असार २९ । नेपाल सरकारको सहयोगमा नारायणपुरमा लागु हुन थालेको खानेपानी सह–लगानी आयोजना लागु हुने भएको छ । सह–लगानी खानेपानी आयोजना निर्माणको जिम्मा चन्द्र एण्ड वसन्त कन्ट्रक्सन प्रा.लि. जाउलाखेल ललितपुरले लिएको छ ।

निर्माण सम्बन्धमा कम्पनीसँग बुधबार सम्झौता भएको छ । जसमा जिल्ला खानेपानी डिभिजन कार्यालय, नारायणपुर खानेपाली र निर्माण कम्पनीबीच सम्झौता भएको हो । सम्झौता पत्रमा खानेपानी डिभिजनका प्रमुख जगन्नाथ पूर्वे, ईञ्जिनियर महेश शर्मा, नारायणपुर खानेपानीका अध्यक्ष कुलबहादुर रजौरे (श्रवण) र निर्माण कम्पनीका तपराज पाठकले हस्ताक्षर गर्नुभएको छ । कुल १५ करोड १४ लाख १९ हजार २ सय ३२ रुपैया ६१ पैसा बजेट रहेकोमा पहिलो चरणमा ७ करोड ४५ लाख ५७ हजार ३ सय ८८ रुपैया ६५ पैसाको काम गर्नका लागि निर्माण कम्पनीलाई ठेक्का दिइएको खानेपानी नारायणपुरका अध्यक्ष रजौरेले जानकारी दिनुभयो ।

नारायणपुर क्षेत्रमा खानेपानी व्यवस्थित बनाउनका लागि सक्रिय रुपमा लागिपरेको नारायणपुर खानेपानी समितिले पछिल्लो समयमा विभिन्न ठूला खानेपानी योजना सञ्चालन गरेको छ । विकसित रुपमा अगाडि बढिरहेको यस क्षेत्रमा आगामी दिनका लागि खानेपानी समस्या नहोस् भनेर अहिलेदेखि नै खानेपानी योजना सञ्चालन गरिएको समितिका अध्यक्ष धरम बस्नेतले जानकारी दिनुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post