दाङ असार २९ । दाङमा आज बिहान भएको बस दुर्घटनामा परी ६ जना घाइते भएका छन् । पोखराबाट दाङको तुलसीपुर आउँदै गरेको ना३ख ७९६६ नम्वरको बस तुलसीपुर–६ हात्तीखौवामा दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटना परी सामान्य घाइते भएका ६ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटना परी सामान्य घाइते भएका ६ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
