दाङ असार २९ । चालु आर्थिक वर्ष २०७२/७३ मा दाङसहित मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ । बाढी, हावाहुरी, आगलागी, चट्याङलगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु हुनुका साथै रु ७४ करोड २० लाख ८२ हजार बराबरको भौतिक सम्पत्ति क्षति भएको हो ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका अनुसार दैवी प्रकोपबाट दुई हजार ७२१ घर गोठ क्षति भएका छन् । यस्तै २७३ पशु चौपाया मरेका छन् । मध्यपश्चिमाञ्चलका अधिकांश जिल्लामा बाढी र आगलागीका घटनाबाट धेरैको ज्यान जाने गरेको छ । अन्य क्षेत्र भन्दा मध्यपश्चिममा दैवी प्रकोपका घटनामा जनधनको क्षति कम हुने गरेको सो कार्यालयले जनाएको छ ।