दाङ साउन १ । तुलसीपुर क्षेत्रका निजी विद्यालयहरु भोलि बन्द हुने भएका छन् । जीवनप्रेमी एजुकेयर एकेडेमी तुलसीपुर–९ बेलुवाका सञ्चालक एवं प्रिन्सिपल बिरेन्द्रधर पुन मगरको मृत्युको शोकमा भोलि तुलसीपुर क्षेत्रमा प्याव्सनमा आवद्ध निजी विद्यालय बन्द गरिने प्याव्सन दाङले जनाएको छ ।
तुलसीपुर–५ निवासी ४३ वर्षिय पुनको शनिबार दिउँशो साढे २ वजे उच्च रक्तचापका कारण मृत्यु भएको थियो । तुलसीपुर–५ ‘ङ’ लाइनमा अवस्थित जीवनप्रेमी मेडिकल हलका सञ्चालक समेत रहनुभएका पुन विगत ८ वर्षदेखि जीवनप्रेमी विद्यालयसँग आबद्ध हुनहुन्थ्यो ।
यसैबीच प्याव्सन दाङले शनिबार शोक वक्तव्य जारी गरी पुनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । जिल्ला अध्यक्ष यादव गिरी, सचिव मधुसुदन केसी र तुलसीपुर क्षेत्र संयोजक तेजबहादुर केसीले शोक वक्तव्य जारी गरी
जीवनप्रेमी एजुकेयर एकेडेमी तुलसीपुर–९ बेलुवाका सञ्चालक एवं प्रिन्सिपल बिरेन्द्रधर पुन मगरको निधनले दाङको शिक्षा क्षेत्रमा ठूलो क्षति भएको भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ ।
भोलि बिहान १० वजे सितलपुरस्थित बबई घाटमा पुनको दाहसंस्कार गरिने भन्दै उक्त कार्यमा उपस्थित हुन जिल्लाका सम्पूर्ण विद्यालयका प्रिन्सिपल, सञ्चालक एवं शिक्षक, कर्मचारीहरुलाई प्याव्सन दाङले अनुरोध गरेको छ । मृतक पुनका ३ श्रीमति र ७ सन्तान रहेका छन् ।