काठमाडौं, साउन १ । ‘प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ,तर हामी अहिले त्यसो गर्ने पक्षमा छैनौं। जनप्रनिनिधिविहीनताको अवस्थाको अनुभव गरिसकिएको एमालेले पुन जनप्रतिनिधि विहीन अवस्था उत्पन्न हुन दिदैन ।’
शनिबार राजधानीमा प्रेस चौतारीले आयोजना गरेको अन्तरसंवादमा नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले भने । सचिव ज्ञवालीले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार भएपनि आफूहरु त्यसको पक्षमा नहरेको स्पष्ट पारे। ‘विगतमा शेरबहादुर देउवाले संसद विघटन गर्दा उत्पन्न जटिलता र बाबुराम भट्टराईले संविधानसभा विघटन गरेपछिको अवस्था हामी सबैले भोगेका छौं,’ ,‘फेरि एमालेले पनि जनप्रतिनिधि संसद विघटन गरेर संवैधानिक जटिलता मुलुकमा निम्त्याउँदैन’ उनले भने ।
संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन हुन नसक्ने भन्दै सचिव ज्ञवालीले त्यसको व्याख्या राष्ट्रपति वा सर्वोच्च अदालतले गर्नुपर्ने बताए। उनले संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठन हुन नसक्ने भन्दै प्रतिनिधिसभाको निर्वाचनपति मात्र सो धारा अनुसार सरकार गठन हुने बताए।
प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने भन्दै ज्ञवालीले प्रधानमन्त्रीले अविश्वास प्रस्तावको सामना गर्ने बताए। ‘प्रधानमन्त्रीले अहिले नै राजीनामा दिने कुरा आउँदैन,’ उनले भने,‘ उहाँले अविश्वास प्रस्तावको सामना गर्नुहुन्छ।’