शरद रेग्मी,
तुलसीपुर साउन १ । तुलसीपुर उद्योग वाणिज्य संघले आगामी माघ १३ गते देखि २३ गतेसम्म मध्यपश्चिमाञ्चलस्तरिय व्यापारिक महोत्सवको आयोजना गर्ने भएको छ । सघंको शनिबार बसेको नियमित बैठकले यस क्षेत्रको कृषि, व्यापार, पर्यटन र उद्योगको प्रबद्र्धन र विकासका लागि महोत्सव सञ्चालन गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष विमल रिजालको अध्यक्षतामा बसेको बैठकमा बोल्दै अध्यक्ष रिजालले संघले सुरु गरेको क्लिन तुलसीपुर ग्रीन तुलसीपुर अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सबैको सहयोगको अपेक्षा गर्नुभयो । साथै रिजालले आर्थिक वर्ष ०७२/०७३ मा वाणिज्य संघले उल्लेख्य काम गरेको भन्दै सहयोग पु¥याउने सबैप्रति धन्यवाद समेत व्यक्त गर्नुभयो ।
साथै रिजालले आगामी दिनमा समेत सबैको सहयोग र समर्थन लिएर अगाडि बढ्ने र त्यसका लागि सबै पदाधिकारी एवं सदस्यहरुको समेत सक्रिय सहभागीता हुनुपर्नेमा जोड दिनुभयो । बैठकमा गतवर्ष संघले गरेको सामाजिक कामहरुको समीक्षा समेत गरिएको थियो । बैठकमा यस क्षेत्रका प्रतिष्ठित व्यवसायी एवं सघंका पूर्व उपाध्यक्ष मिनराज वलीलाई पूर्व निर्णय अनुसार शनिबार एक कार्यक्रमका बीच पहिलो आजीवन सदस्यता प्रदान गरेको छ ।
त्यस्तै बैठकले दानवीर यज्ञबहादुर केसीले तुलसीपुर–९ दोघरेमा प्रदान गरेको जग्गामा बहुआयामिक सभागृहको काम तत्काल सुरु गर्ने, हालै सरकारले नेपाल उद्योग वाणिज्य महासघंका वरिष्ठ उपाध्यक्ष भवानी राणा र राजेश काजी श्रेष्ठलाई लगानी बोर्डको सदस्यमा मनोनित गरेकोमा बधाई दिने निर्णय समेत गरेको छ ।
त्यस्तै बैठकमा कोषाध्यक्ष ललितजंग शाहले प्रस्तुत गरेको गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन समेत पास गरेको छ । बैठकमा संघका प्रथम आजीवन सदस्य मिनराज वली, प्रेस सल्लाहकार शरद रेग्मीलगायतले बोल्नुभएको थियो । सघंका वरिष्ठ उपाध्यक्ष वीरबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव नेत्र वलीले गर्नुभएको थियो ।