मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

तुलसीपुर, साउन १ । चलचित्र पत्रकार संघ दाङको भेला शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । जिल्लामा क्रियाशील चलचित्र पत्रकारहरुको भेलाले संघका उपाध्यक्ष ध्रुवराज न्यौपाने डीआरएनको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिका संयोजक न्यौपानेको अध्यक्षता एवं रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको प्रमुख आतिथ्यता तथा संगीतकार एवं गायक सन्तोष रजौरेको विषेश उपस्थितिमा भएको भेलामा रेडियो शारदा एफ.एम. सल्यानका स्टेशन म्यानेजर प्रतिक शर्मा, रेडियो सञ्जिवनीका सहायक स्टेशन म्यानेजर चेतन रेग्मी, रेडियो इन्दे्रणीका देव यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भेलाले आगामी साउन १५ गते तुलसीपुरमा अधिवेशन गर्ने निर्णय गरेको चलचित्र पत्रकार सघंका सन्तोष केसीले जानकारी दिनुभयो । भेलामा तुलसीपुर, घोराही, हापुरे र लमही क्षेत्रका पत्रकारहरुको सहभागीता रहेको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post