मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ असार २८ । जिल्ला मालपोत कार्यालय दाङले आउँदो साउन १५ गतेसम्म कार्यालयमा रहेका शौचालय बनाउने प्रतिबद्धता जनाएको छ । जिल्ला सरसफाई तथा स्वच्छता पत्रकार मञ्च (वास) को मंगलबार मालपोत कार्यालयमै बसेको बैठकमा लिखित रुपमा नै यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो ।

त्यस्तै बैठकमा मालपोत अधिकृत तथा कार्यालयका सुचना अधिकृत भुपेन्द्रबहादुर देवकोटाले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यस्तै कार्यालयमा सरसफाई राख्नका लागि अगाडि बढ्ने देवकोटाले बताउनुभयो । बैठकमा कार्यालयले जिल्लालाई पूर्ण सरसफाई जिल्ला बनाउनका लागि सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेको थियो ।

बैठक वास दाङका अध्यक्ष गोविन्द खड्काको अध्यक्षता एवं मालपोत अधिकृत तथा कार्यालयका सुचना अधिकृत भुपेन्द्रबहादुर देवकोटाको प्रमुख आतिथ्यता तथा डिभिजन खानेपानी कार्यालयका प्राविधिक गजेन्द्र बहकरीको विशिष्ट आतिथ्यतामा भएको थियो । त्यस अवसरमा बास फोरमका सदस्यहरु अमरराज आचार्य, सागर थापा, अमिता चौधरीलगायतको सहभागिता रहेकोे थियो ।

बैठकको सहजीकरण सदस्य सचिव सपना बोहोराले गर्नुभएको थियो । त्यस अवसरमा कार्यालयको शौचालयको समेत अनुगमन गरिएको थियो । शौचालय दुर्गन्धित रहेको सेवाग्राहीहरुले बताएका थिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post