मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौँ असार २८ । केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। २०७२ असोज २५ गते तत्कालीन एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक सहितलाई समेटेर ओली प्रधानमन्त्री बन्नुभएको थियो । त्यतिखेर ओलीले व्यवस्थापिका संसदको बहुमत अर्थात ३३८ मत पाउनुभएको थियो ।

संसदमा ८२ सिट रहेको माओवादी केन्द्रले समर्थन फिर्तापछि अब प्रधानमन्त्रीलाई २५३ सांसदको समर्थन रहेको छ । ५९५ संसद सदस्य कायम रहेको प्रधानमन्त्री संसदको बहुमतमा रहन २९८ जनाको समर्थन आवश्यक छ। ओलीले प्रधानमन्त्री निर्वाचित हुँदा एमालेका १८३, एमाओवादीका ८३, राप्रपा नेपालका २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२, मालेको ५ र नेमकिपाको ४ मत पाएका थिए।

अब सरकारको पक्षमा बाँकी २५३ एमाले १८२, राप्रपा नेपाल २५, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक १४, राप्रपाः १२, नेकपा माले ५, नेमकिपा ४, राष्ट्रिय जनमोर्चा ३, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक २, नेपाल परिवार दल २, मधेस समता पार्टी १, नेपाः राष्ट्रिय पार्टी १, बहुजन शक्ति पार्टी १ र अखण्ड नेपाल पार्टी १ रहेका छन् भने सरकारको विपक्षमा ३४१ कांग्रेस २०७, एमाओवादी ८२, संघीय समाजवादी फोरम नेपाल १५, तमलोपा ११, सद्भावना पार्टी ५, तराई मधेस सद्भावना पार्टी ३, राष्ट्रिय मधेस समाजवादी पार्टी ३, नेकपा संयुक्त ३, थरुहट तराई पार्टी २, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट १, खम्बुवान राष्ट्रिय पार्टी १, नेपाली जनता दल १, फोरम गणतान्त्रिक १, संघीय सद्भावना पार्टी १, जनजागरण पार्टी १, नेपाल सद्भावना पार्टी १, दलित जनजाति पार्टी १, मधेसी जनअधिकार फोरम ९गणतान्त्रिक० १ र स्वतन्त्र १ रहेका छन्  ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post