काठमाडौं असार २८ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछिको अवस्थाबारे छलफल गर्न नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्ने हुँदा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न सत्तारुढ नेकपा एमालेले बैठक बोलाएको हो।
मंगलार साँझ ६ बजे पार्टीको स्थायी कमिटीको बैठक बोलाइएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । माओवादीले गरेको यो निर्णय एकदमै गलत हो । यो विषयमा आज बेलुकी ६ बजे हामीले स्थायी समितिको बैठक बस्दैछौं बैठकले यस विषयमा धारणा बनाउनेछु एमाले सचिव योगेश भट्टराईले भन्नुभयो ।
माओवादीले सरकारबाट समर्थन फिर्ता लिएपछि एमालेसँग सरकार बचाउन संसदमा बहुमत पुर्याउनुपर्छ। स्थायी कमिटीको बैठकमा एमालेले चाल्नुपर्ने कदमको विषयमा छलफल हुने सचिव भट्टराईले बताउनुभयो । माओवादीले आफ्नो निर्णयका सन्दर्भमा पुनर्विचार गर्नुपर्ने र यही समिकरणलाई नै निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो । भट्टराईले माओवादीका चित्त नबुझेका कुरामा बसेर छलफल गर्नुपर्ने समेत बताउनुभयो ।