मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

 दाङ असार २७ । आफ्नै सात वर्षिय भदैलाई हँसिया प्रहार गरी विभत्स  हत्या गरी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । दाङको विजौरी–२ का सात वर्षिय बालक दीपक खत्रीको घरभित्रै हँसिया प्रहार गरी गत शुक्रबार हत्या गरी फरार २६ वर्षिया गौतमी खत्रीलाई प्रहरीले गएराति घोराहीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको विषेश टोलीले लुकिछिपी बस्दै आएकी गौतमी खत्रीलाई घोराहीबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकी खत्रीसँग सोधपुछ सुरु गरिएको छ ।

 दीपकका अभिभावकसहित परिवारका सबै सदस्य खेतमा रोपाई गर्न गएको समयमा र नजिकै घर भएकी फुपू आएर दीपकको टाउको, घाँटी र पेटमा हँसिया प्रहार गरी हत्या गरेको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो  ।
सिंहका अनुसार अभियुक्त खत्री मानसिक सन्तुलन ठीक नभएकी महिला भएको खुल्न आएको छ  ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post