मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ असार २७ । नेपाल प्रहरीले आजदेखि दाङलगायत देशभर ‘प्रहरी मेरो साथी’ कार्यक्रमको सुरुवात गरेको छ । जनतासँग प्रहरीलाई जोड्ने प्रयासस्वरुप सुरु गरिएको कार्यक्रमको अवसरमा आज बिहानै घोराही बजारमा निकै चहलपहल देखिएको थियो ।

यसपूर्व मुस्कान सहितको सेवा सुरु गरेको नेपाल प्रहरीले सुरु गरेको ‘प्रहरी मेरो साथी’ कार्यक्रमको अवसरमा आज बिहान घोराहीमा र्याली निकालिएको छ । जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा सामुदायिक प्रहरीको व्यवस्थापनमा घोराहीको ट्राफिक चोकबाट र्याली निकालिएको छ ।

नेपाल प्रहरी, नेपाल आर्मीलगायत जिल्लाका विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको र्याली घोराही बजार परिक्रमा गरेर नगरपालिकाको सभाहलमा गएर कार्यक्रममा परिणत भएको थियो ।



 दाङका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेको अध्यक्षता एवं जिल्ला न्यायाधीश बलभद्र बास्तोलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ‘प्रहरी मेरो साथी’ कार्यक्रमको बारेमा अञ्चल प्रहरी प्रमुख प्रेम चन्दले प्रकाश पार्नुभएको थियो ।


कार्यक्रममा उठेका प्रश्नको जवाफ जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिंहले दिनुभएको थियो, भने कार्यक्रममा सामुदायिक प्रहरीका विष्णु पुन, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडे, नेपाल पत्रकार महासंघ दाङका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्य, नागरिक समाज दाङका सभिव चन्द्रराज पन्तलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी दाङका सचिव आरके सितलले गर्नुभएको थियो ।

 तस्वीर: सागर थापा/दाङ खबर

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post