मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

कञ्चनपुर, असार २९ । कञ्चनपुरको बेलडाँडी नगरपालिका क्षेत्र भएर बग्ने चौधर नदी गाउँ पस्ने खतरा बढेको छ ।  नदीले नगरपालिकाको इमलियादेखि झिलमिला क्षेत्रमा जग्गा कटानी तीव्ररुपमा गर्न थालेको छ ।

फाइल फोटो
जग्गा कटानी गर्दै नदी बस्ती नजिकै पुगेपछि स्थानीय बासिन्दा चिन्तित भएका छन् । नदी बग्नेक्रम बस्तीतर्फ मोडिएपछि यहाँ बसोबास गर्ने ८०० भन्दा बढी परिवार उच्च जोखिममा परेका छन् ।
नदीलाई पुरानै ठाउँमा फर्काउन डाइभर्सन गर्न पटकपटक माग गर्दा समेत समस्या समाधान हुन नसकेको स्थानीय दयालु रानाले बताउनुभयो ।

स्थानीय समाजसेवी लालबहादुर रावलले चौधर नदी नियन्त्रणका लागि गुरुयोजना ल्याउनुपर्ने बताउनुभयो । नदी नियन्त्रणका लागि नगरपालिका, जिविस र मन्त्रालयसम्म माग पु¥याए पनि बेवास्ता भएको स्थानीय पदम थापाले बताउनुभयो ।

नदीमा बाढी आएका बेला राति निन्द्रा पर्दैन, स्थानीय बलबहादुर रोकायाले भन्नुभयो, “जग्गा कटानी तीव्ररुपमा भइरहेकाले घरसहित बग्ने खतरा हुँदा अनिँदोमै रात काटनु परेको छ ।”  चौधर नदी पारी आरक्ष किनारमा यहाँका किसानको ७२ बिगाहा जग्गा भएपनि नदीले जग्गामा बालुवाले पुरिदिने भएकाले सुकुम्बासी भएर बस्नुपरेको उहाँले दुखेसो पोख्नुभयो ।

बेल्डाँडी नगरपालिकाका कार्यकारी अधिकृत राजबहादुर विष्टले नदी नियन्त्रणका लागि माथिल्लो निकायमा पत्राचार गरेको बताउनुभयो ।  नगरपालिकाको बजेटले नदी नियन्त्रण हुन सक्दैन, उहाँले भन्नुभयो, “माथिल्लो निकायबाट बजेटको व्यवस्था भए नदी नियन्त्रणका लागि कार्य गर्न तत्पर छौँ ।”

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post