विराटनगर, असार २९ । बिशालु फल खाँदा १५ बालबालिका बिरामी परेका छन् । मोरङको सिजुवा–९ स्थित झुर्किया हाटबजारका ८ वर्षदेखि १२ वर्षका बालबालिका बिरामी परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
उनीहरु खेल्नेक्रममा चम्पा जरकर्नेल फूलको फल खाएपछि बिरामी परेका हुन् । सो विषालु फल खाएपछि उनीहरुलाई टाउको दुख्ने र बान्ता आउन थालेपछि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा भर्ना गरिएको हो । हाल ती बालबालिकाको अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ ।