मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं असार २७ । ओसामा बिन लादेनका छोरा हमजाले अमेरिकासँग आफ्नो पिताको हत्याको बदला लिने बताएका छन् । उनले अमेरिकालाई धम्की दिँदै भनेका छन्, ‘म मेरो बुबाको हत्यारासँग बदला लिएरै छोड्नेछु ।’

फेसबुकमा एक अडियो टेप सार्वजनिक गर्दै उनले अमेरिका र अमेरिकालाई सघाउने राष्ट्रहरुमाथि आक्रमण गर्ने धम्की दिएका छन् । उनले अलकायदालाई पुन बलियो तथा संगठित बनाउने समेत बताएका छन् । साइट इंटेलिजेन्स गु्रपले दिएको जानकारी अनुसार हमजा बिन लादेनको २१ मिनेट अडियो टेपलाई ‘वि आर अल ओसामा’ काृ टाइटल दिइएको छ ।


अडियोमा हमजाले भनेका छन्,‘हामी अमेरिकामाथि आक्रमण जारी राख्नेछौ । भलै हामी तिमीहरुको देशबाट बाहिर छौ तर तिमीहरु हाम्रो निशानामा रहेका छौ । अब हुने आक्रमण फलिस्तान, अफगानिस्तान, सिरिया, इराक, यमन, सोमालिया जस्ता देशहरुमा गरेको आक्रमणको जबाफ हुनेछ ।’


इस्लाम धर्म रक्षाका लागि जोजसले ज्यान गुमाएका छन् उनीहरु सबैको बदला लिने हमाजले बताएका छन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post