मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौँ असार २७ । नेकपा माओवादी केन्द्रले सहमतीय सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । त्यसका लागि सबैतिर पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा आज बसेको बैठकले सरकार गठनको निर्णय गरेको हो । यसअघि माओवादी केन्द्रको पोलिटब्युरो बैठकले पनि एमालेसँग भएको सहमति र समझदारी कार्यान्वयन गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा भएको सत्तारुढ बैठकमा एमाओवादीले सत्ता हस्तान्तरण गर्न प्रस्ताव गरेको थियो। अध्यक्ष प्रचण्डले बैठकमा भद्र सहमति कार्यान्वयनका लागि प्रधानमन्त्री ओली र एमालेसँग आग्रह गरेका थिए। साथै पार्टीको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्तावका बारेमा समेत धारणा राखेका थिए। त्यसअघि एमाओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पनि नयाँ सरकार गठनका लागि पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो।

गएको वैशाख २३ गते एमाले र एमाओवादीबीच वर्तमान सरकारलाई निरन्तरता दिने भन्दै ९ बुँदे समझदारी भएको थियो। माओवादीले बजेट पारित भएपछि एमालेले सत्ता छाड्ने र माओवादीले नेतृत्व लिने भद्र समझदारी भएको तर्क समेत गर्दै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भने भद्र सहमतिको प्रस्ताव मात्रै आएको र त्यसलाई आफूले अस्वीकार गरेको जिकिर गर्दै आएका छन्।

यसअघि माओवादीको स्थायी समिति बैठकले सरकार परिवर्तनका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको थियो।  शान्ति प्रक्रिया सम्बन्ध विषय, पुनर्निमाण, आन्दोलनरत मधेसी, थारु र जनजाति जनताका सकारात्मक माग सम्बोधन गर्न र विभिन्न तहका निर्वाचन सम्पन्न गर्न राष्ट्रिय राजनीतिक सहमति र सहमतिको सरकार जरुरी भएको निष्कर्षमा पार्टी पुगेको तथा त्यसको पहलकदमी पार्टीले लिने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post