मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं असार ३१ । फ्रान्समा राष्ट्रिय दिवस मनाउन भेला भएका मानिसहरूमाथि ट्रक चलाइँदा कम्तीमा ८४ जनाको मृत्यु भएको छ। उक्त घटनामा ५० जना भन्दा बढी घाइते भएको र तीमध्ये १८ जनाको अवस्था गम्भीर रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दक्षिणी शहर निसमा एकता दिवस समारोहका क्रममा आतिशबाजी सकिएपछि स्थानीय समय अनुसार राती ११ बजे ट्रकले भीडलाई कुल्चिन सुरु गरेको थियो। प्रतिघण्टा ६०(७० किलोमिटरको गतिमा रहेको करिब १ माइलसम्म भीडलाई कुल्चिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  प्रहरीले ट्रक चालकले मान्छे मार्ने नियतले नै भीडमा ट्रक चलाएको र ट्रकमा पटाका, ग्रेनेड सहितका विष्फोटक पदार्थ तथा बन्दुक भेटिएको जनाएको छ।

ट्रकका चालकले ट्रकलाई भीडमा छाडेर आफू हामफालेर अन्धाधून्ध गोली चलाएका थिए। प्रहरीले ती व्यक्तिलाई गोली हानी मारेको थियो। समाचार एजेन्सी एएफपीका अनुसार ट्रकमा ३१ वर्षिय फ्रेन्च ट्यूनिशियन नागरिकको कागजपत्र फेला परेको छ। फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ होल्याण्डले आक्रमण आतंकवादी प्रकृतिको भन्दै यस्ता गतिविधीसँग लड्नका लागि सम्भव भएसम्मका सबै उपाय अपनाउने बताएका छन्।

उनले देशभर लागू गरिएको संकटकाल थप तीन महिना लम्ब्याईने बताए।  संकटकाल लम्ब्याउने सम्बन्धी विधेयक आउँदो हप्ता संसदमा पेश गर्ने तयारी छ। पेरिसमा गएको नोभेम्बरमा भएको आतंकवादी आक्रमणपछि घोषणा गरिएको संकटकालको अवधि २६ जुलाईमा सकिँदैछ। 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post