मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ असार २७ । बाँकेको कोहलपुर क्षेत्रमा बलात्कारका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ । पछिल्लो दुई महिनामा मात्रै कोहलपुर क्षेत्रमा चारवटा बलात्कारका घटना भएको प्रहरीले जनाएको छ ।

गत २७ वैशाखदेखि २४ असारसम्म बलात्कारका तीन र बलात्कारपछि हत्या गरेको एक घटना दर्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका तीनजना पुर्पक्षका लाथि थुनामा छन् भने जबर्जस्ती करणी गरी कर्तव्य ज्यान गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्त साधारण तारिखमा छुटेको उनले बताए । सो अवधिमा कर्तव्य ज्यानको घटना एउटा मात्र भएको र ज्यान मार्ने उद्योगमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् ।

करिब दुई महिनाको अवधिमा चोरीका १० वटा घटना इलाका प्रहरी कार्यालयमा दर्ता भएका छन् । चोरी अभियोगमा पक्राउ परेकामध्ये आठजना साधारण तारिखमा छुटेको र दुईजनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कोहलपुर क्षेत्रमा लागुऔषधसम्बन्धी गतिविधिमा समेत वृद्धि भएको प्रहरीले जनाएको छ । यस अवधिमा ब्राउनसुगर कारोबारमा संलग्न आठजना पक्राउ परेका छन् भने लागुऔषध चरेस कारोबार तथा ओसारपसारमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post