मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

निशान दाजु भट्टराई,
दाङ असार २८ । दाङ प्रवेशसँगै आर्थिक अनुशासनको मुद्दालाई जोडेतोडका साथ उठाइरहेका दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहले आर्थिक मुद्दामा विवादित बनेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाईको विषयमा मुख खोल्नुभएको छ । जिल्लाका सञ्चारमाध्यममा डिएसपी प्रमुखले आर्थिक चलखेलमा मुद्दा मिलाउने गरेको खबर सार्वजनिक भएको  एक सातापछि आएर घटनाको विषयमा प्रहरी प्रमुखले मुख खोल्नुभएको हो ।

जिल्लाका सञ्चारमाध्यममा आएका समाचारले आफूलाई अत्यन्तै गम्भीर बनाएको भन्दै प्रहरी प्रमुख सिंहले डिएसपी प्रसाईमाथि अनुसन्धान सुरु भएको बताउनुभयो । ‘दाङबाट प्रकाशन हुने अनलाइन पत्रिकाहरुमा छापिएको समाचार मैले पढेँ । समाचार पढेसँगै डिएसपी प्रसाईमाथि अनुसन्धान सुरु गरिएको छ’, प्रहरी प्रमुख सिंहले भन्नुभयो, ‘उहाँको बिरुद्धमा भएका प्रमाणहरु उपलब्ध गराउन अनुरोध गर्दछु । अनुसन्धान जारी रहेकाले अनुसन्धानलाई सघाउन पनि म अनुरोध गर्दछु ।’

प्रहरीले जनताको बिश्वास गुमाउने अवस्था आएमा नेपाल प्रहरीको अस्तित्व नै समाप्त हुने भन्दै जिल्ला प्रहरी प्रमुख सिंहले अनुसन्धानका क्रममा डिएसपी दोषी देखिएमा कडाभन्दा कडा कारबाही हुने बताउनुभयो ।

यसपूर्व डिएसपी प्रसाईले रकमी चलखेलमा जुवा संरक्षण गर्ने काम गरेको समाचार प्रकाशित भएको थियो । तुलसीपुरका विभिन्न स्थानमा मौलाउँदै गएको जुवालाई संरक्षण गर्दै प्रहरीले हप्ता उठाउँदै आएको भन्दै समाचारमा गत सालको साउन तुलसीपुरको एक जुवा अड्डामा छापा हानी मासिक रुपमा १ लाख ५० हजार रुपैयाँ बुझाउनेगरी मुद्दा नै नचलाई जुवाडेलाई छोडेको कुरा सार्वजनिक भएको थियो ।



त्यस्तै डिएसपी प्रसाईले तुलसीपुर आसपासका गुहार र पातुखोलामा अबैध रुपमा हुने नदीजन्य पदार्थको उत्खनन्लाई पनि आर्थिक चलखेलमै प्रशय गर्ने गरेको समचार प्रकाशित भएको थियो । तुलसीपुरबाट प्रकाशित हुने खबर टोकरीले अबैध रुपमा रातीराती स्काभेटर प्रयोग गरी केही तस्करहरले गिट्टी बालुवा उत्खनन् गर्दै क्रसर उद्योगलाई बेच्ने गरेको र जुन कार्यलाई डिएसपी प्रसाईले नै संरक्षण गरिहेको समाचार प्रकाशीत गरेको थियो । उक्त समाचारमा गुहार र पातुखोलाबाट अबैध रुपमा २ महिनामा करिब ५ हजार टिप गिट्टी बालुवा निकासी भएकोमा डिएसपी प्रसाईले एकदिनको ५ हजार रुपैंयाका दरले करिब ३ लाख रुपैंया तस्करसँग असुलेको कुरा उल्लेख गरिएको थियो । त्यसैगरी जिप्रकाबाट सादा पोशाकमा खटिएका प्रहरीले २ हप्ता पहिले १५ प्याकेट ब्राउन सुगर सहित एक महीलालाई पक्राउ गरी इप्रकामा बुभाए तापनि डीएसपीले ५ पोका गायब गरेर १० पोका मात्रै सार्वजनिक गरेको पनि समाचारमा उल्लेख गरिएको थियो ।

त्यस्तै तुलसीपुर क्षेत्रमा विभिन्न समयमा हुने जवर्जस्ती करणीका घटनामा पक्राउ पर्ने दोषीहरुसँग आर्थिक असुल्दै मुद्दा कमजोर बनाई प्रसाई छाड्ने गरेको पनि समाचारमा उल्लेख गरिएको थियो । यसरी ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख प्रसाईका विषयमा समाचार प्रकाशन भइसक्दा समेत जिल्लाको प्रहरी प्रशासन मौन रहँदा स्थानीयहरुमा विभिन्न आशंका रहँदै आएका छन् ।

प्रहरीले आन्तरिक छलफलका नाममा यस किसिमका घटनाहरुलाई भित्रभित्रै लुकाउने गरेका विभिन्न घटनाहरु यसपूर्व पनि भइरहेको भन्दै जिल्लाका सरोकारवालाहरुले यस घटना पनि भित्रभित्रै हराएर जाने त होइन भन्नेमा चिन्तित देखिन्छन् । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post