दीप्तिशीखा चौधरी,
दाङ असार २७ । घरको पर्खालबाट खसेर दाङमा एकजनाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुरमा निर्माणाधीन घरको पर्खालबाट खसेर भिमबहादुर चलाउनेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सल्यानको फलावाङ गाविस–८ घर भई तुलसीपुरमा मजदुरी गर्दै आउनुभएका ६३ वर्षिय चलाउनेको तुलसीपुर–३ गणेशपुरस्थित कृष्ण रिजालको घरको पर्खाल निर्माण कार्यमा लागेको बेला खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पर्खालबाट खसेर गम्भिर घाइते भएका चलाउनेको उपचारका लागि राप्ती अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रकाश राज शर्माले जानकारी दिनुभयो ।