ओपेन्द्र बस्नेत,
दाङ असार २९ । बाघमारे गाविस वडानम्वर ५ सिमसुन्धरपुरकी ५९ वर्षिया लालमाया वली हिजोआज खुसी हुनुहुन्छ । केहि समय अघिसम्म नजिकै रहेका खोल्साखाल्सीमा जरुवा बनाएर पानीको अभाव टार्दै आउनुभएकी लालमाया घरनजिकै पानी भर्न पाउँदा औधी खुसी देखिनुहुन्छ ।
सरसफाई गर्न, लत्ताकपडा धुन र गाई बस्तुलाई पानी खुवाउन त परको कुरा एक गाग्री पानी ल्याउन समेत घन्टौं समय खर्चिनुपर्ने बाध्यताबाट उहाँले अब मुक्ति पाउनुभएको छ । ‘ब्रहाघारी जरुवामा पानी भर्न गयो, त्यसमा पनि पालो कुर्नुपर्ने’, लालमायाले बिगत सम्झिदै भन्नुभयो, ‘पानी भर्दाभर्दै कसले अघि भर्ने भन्ने विषयमा दिदीबहिनीमा आपसमा झगडा हँुदा पानी धुमलो हुँदा पानी नै नलिएर रित्तै घर फर्किएको सम्झना अहिले पनि मनमा ताजै छ ।’
नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (लापा) र जिल्ला विकास समिति दाङको संयुक्त साझेदारीमा पानीको मुहान संरक्षणदेखि उपभोक्ताको घरसम्म पानी पु¥याउन गाउँमा खानेपानीको रिजर्भ ट्याङकी निर्माण भएपछि लालमाया जस्तै १ सय बढीको जनसंख्यामा रहेका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । गाविसको माझटोल र गाविस भवन नजिकै करिब पाँच लाख लागतमा ३ हजार ७ सय लिटर क्षमताका दुईवटा रिजर्भ ट्याङकी निर्माणपश्चात सञ्चालनमा आएपछि दुःखका दिन हराउन लागेको उजेली खत्रीको भनाइ छ ।
‘आजभोलि त जुनसुकै समयमा पनि ‘ग्रागी’ लिएर धारामा पानी भर्न गए पनि हुन्छ, धारो सुक्ला भन्ने कुनै चिन्ता छैन, उजेलीले भन्नुभयो,‘ टंकीमा पानी जम्मा हुने भएकाले उपभोक्ता जुनसुकै बेला पनि गएर पानी भर्न सकिन्छ ।’ दुई घन्टा टाढाको दुरीमा रहेको चिसापानी खानेपानी मुहानको संरक्षण नहँुदा पाइपलाइनमार्फत गाउँसम्म आएको त्यहाँको पानी अनियमित भएपछि स्थानीयले पानीका लागि दुःख पाएका थिए । लापा कार्यक्रम लागु भएपछि भौतिक पुर्वाधार निर्माणसँगै तीनको संरक्षण गर्न जनचेता जगाउने काम भएपछि गाउँ समाजमा विस्तारै परिवर्तन देखिन थालेको सामाजिक परिचालक सुशीला वलीले बताउनुभयो ।
‘काम मात्रै भन्दा पनि जनचेतनाको कुरा ठूलो रहेछ’, समाजिक परिचालक सुशीलाले भन्नुभयो, ‘आफूले प्रयोग गर्ने खानेपानीको पाइप खोलाले बगाउँदा समेत कुनै चासो नराख्ने स्थानीय अहिले हरेक समाजिक काममा सक्रिए छन् ।’ यता जिल्ला विकास समिति दाङका स्थानीय विकास अधिकारी रमेश गौतम पनि लगानी अनुसारको उपलब्धी हासिल भएपछि खुसी देखिएका छन् ।