दाङ असार २७ । दाङमा लैंगीक हिंसाका घटना बढेको एक तथ्यांकले देखाएको छ । अस्पतालमा आधारधित हिंसासम्बन्धि एकद्वारा संकट व्यवस्थापन केन्द्र (ओसिएमसि)ले सार्वजनिक गरेको अथ्यांक अनुसार आर्थिक वर्ष ०७२/०७३ को ११ महिनामा ३ सय ३० वटा लैंगीक हिंसाका पीडितहरुलाई उपचार तथा मनोविमर्स सेवा दिइएको उल्लेख छ ।
२०६९ साल फागुनमा स्थापना भएको ओसिएमसिले स्थापनाको पाँच महिनामा ७४ जना पीडितलाई सेवा दिएकोमा आर्थिक वर्ष ०७०/०७१ मा २ सय २३ जनालाई सेवा दिएको ओसिएमसिकी फोकलपर्सन राधा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो संख्या बढेर यसवर्ष ३ सय ३० पुगेको हो । समाचार नयाँ युगबोध दैनिकमा छापिएको छ ।