भरत दाहाल/नेपाल र भारतका बीचको सम्बन्धलाई पुनरावलोकन गर्न सुझाव दिने भनेर भारतीय सत्ताले नियुक्त गरेको प्रबुद्ध समूहका एकजना सदस्य बि.एस. उप्रेतीले नेपालीहरुलाई आफ्नो नवऔपनिवेशिक दासत्वमा राखिराख्ने हतियारका रुपमा इतिहासको विकृत तस्वीर प्रस्तुत गर्ने दुस्साहस गरेका छन् । नेपालको सार्वभौमसत्ता, स्थिरता, शान्ति र विकासका लागि स्थायी बाधाका रुपमा रहँदै आएको भारतसँगको सिमाना खुला राखिराख्ने कुत्सित उपायका रुपमा दुई देशका नागरिकहरुको ‘रगत’ (बंश) एउटै भएको भन्दै सिमाना बन्द गर्ने छलफल गर्नुभन्दा पहिले दुवैतिरका नागरिकहरुको अभिमत लिनु पर्ने बताएका छन् ।
कुनै देशहरुका बीचको सम्बन्धलाई के आधारमा परिभाषित गरिन्छ भन्ने कुरा विश्वभरि नै अभ्यास हुँदै आएको विषय हो । राष्ट्र–राज्यहरुको आधुनिक युगमा आफ्नो राष्ट्रिय हितलाई मुख्य आधार बनाएर द्वि–पक्षिय सम्बन्धलाई निर्धारण गरिन्छ, भन्ने कुरा पनि सबैलाई ज्ञात छ । नेपालको अवनति, अस्थिरता र सार्वभौमसत्ता माथिको खतराको आधारभूत कारण भारतसँगको खुला सिमाना हो भन्नेमा आम नेपालीहरु जानकार छन् । नेपालको सार्वभौम अस्तित्वलाई चुनौति दिँदै तराईमा उठाउन खोजिएको पृथकतावादको जड पनि खुला सिमाना हो भन्ने तथ्य दशगजा केन्द्रीत बन्द र नाकाबन्दीबाट स्पष्ट भैसकेको छ ।
भारतीय विज्ञ बि.एस. उप्रेतीले ‘रगत’ को कुरा यहाँको खस समुदायलाई लक्षित गरेर उठाएका छन् । भारतमा मुगलहरुको हमला भएपछि जनै जोगाउनका लागि त्यहाँका भारतीयहरु नेपाल पसेको भनेर खश जातिलाई भारतीय उत्पत्तिका रुपमा प्रस्तुत गर्ने इतिहास भारतमा पढाउने गरिएको छ र भारतीय शासकहरुको कृपामा शासन गर्दै आएका यहाँका राजा, रजौटा, भगौडा, कुलिन सामन्त र धर्मभिरुहरुले पनि नेपालमा यस्तो बिकृत इतिहास लामो समयसम्म पढाएका थिए । उप्रेतीमार्फत् दिल्लीको सत्ताले यो कुरालाई पुनर्जिवित गर्न खोजेर नेपालमा आफ्नो पतन भएको शाखलाई ब्युँताउन खोजेको छ ।
यसभन्दा पहिले तराईका मधेशीहरुलाई लक्षित गरेर तिनीहरुसँग विषेष सम्बन्ध रहेको देखाउन त्यसले ‘रोटी–बेटी’को सिद्धान्तलाई जवर्जस्ती स्थापित गर्न खोजेको थियो । नेपाल बिरुद्ध सुरु गरिएको तेश्रो नाकाबन्दी र आफ्नो भूमिभित्रबाट नेपाली मधेशीका नाममा बिहारी नागरिकहरुबाट गराईएको हमलाले ‘रोटी–बेटी’को सम्बन्धका पछाडिको बद्नियतलाई उदाङ्गो पारेपछि विस्तारवादी सत्ताले ‘रगत’को बैशाखी टेक्ने रणनीति अपनाएको हो भन्ने कुरा बुझ्न कुनै कठिनाई छैन । यो बयान ‘नेहरु डक्ट्रिन’का रुपमा कुख्यात कुन्ठा भन्दा खतरनाक ढंगले आएको छ, जसले नेपालीहरुलाई सन्तानको दाबी गर्दैछ ।
रगतको नाता प्राणी जगतमा सबैभन्दा संवेदनशिल र निकटताको नाता हो । यस्तो नाताको मिथ्या भ्रम सिर्जना गरेर हिन्दी भाषी भारतीय शासकहरुले आफूले नेपालीहरुमाथि गर्दै आएका सबै प्रकारका अपराध र अत्याचारहरुलाई सहनका लागि मनोवैज्ञानिक दबाब दिनुका साथै उनीहरुसँगको ‘रगत’को नाताका अगाडि नेपालको सार्वभौमिकता, स्वाधिनता र अखण्डताको मुद्दा नगण्य हुने अर्ति दिएर त्यसका हरप्रकारका अत्याचारहरुलाई उचित देखाउन खोजिरहेका छन् । यसको सारतत्व के हो भने विभिन्न काल्पनिक भ्रमहरुको सहारा लिएर भए पनि उनीहरु नेपालको स्वतन्त्र अस्तित्व स्किार गर्दैनन् । हिन्दी भाषी भारतीय सत्ताले उठाउन थालेको ‘रगत’ का नाताको यथार्थता यसको ठीक बिपरित प्रकारको छ । इतिहासका प्रमाणिक तथ्यहरुले के भन्दछन् भने तराईको सानो मधेशी समूह बाहेक नेपालका कुनैपनि जातीयताहरु भारतीय उत्पत्ति होइनन् । यहाँको जनजातीय तप्का त हुनै कुरै भएन, खशहरुको रगत, उत्पत्ती, आदिम बासस्थान, एशिया प्रवेश र रितिरिवाजहरुसम्मका कुराहरुमा कुनै प्रकारको तादात्म्यता छैन । भारतीय आर्यहरु सिन्धु सभ्यता नष्ट गरेपछि भारतको मैदानी इलाकामा र खश आर्यहरु उत्तरी अफगान, पाकिस्तान, काश्मीर, मानसरोवर, नेपाल, बर्मा हुँदै कम्पुचियासम्म फैलिएका छन् ।
धार्मिक समन्वयलाई अङ्गिकार गर्दै आएको भए पनि एशिया प्रवेश गर्दासम्म खश आर्यहरु प्रकृति पूजक थिए । मानसरोवर क्षेत्रमा शासन गर्दा बौद्ध धर्मलाई राज्य धर्मका रुपमा अपनाएका तिनीहरुले कर्णालीको सिंजामा साम्राज्य निर्माण गर्दासम्म पनि त्यसैलाई राज्य धर्म बनाएका थिए । नवौं सताब्दीमा शंकराचार्यले कुमाउँ–गढवालमा गएर हिन्दूत्वको पक्ष र बौद्ध धर्मका विरुद्धमा अभियान सम्पन्न गरेपछि हिन्दू धर्मको प्रभावमा आउन थालेका खश राजाहरुले १२ औं सताब्दीमा मात्र आएर बौद्ध धर्मका ठाउँमा हिन्दू धर्मलाई राज्य धर्म मान्न सुरु गरेका हुन् । त्यसपछि नै हिन्दूत्व आमधर्म बन्न पुग्यो । ईशापूर्व १७०० तिर पश्चिमएशियाको बेबिलोनमा खशहरुको ‘कस्साईट’ साम्राज्य थियो । त्यहाँ उनीहरु इराक र इरानको सिमानामा पर्ने ‘खशिस्तान’ भन्ने ठाउँबाट आएका थिए । इतिहासकारहरुले अहिलेको ‘कश्यप’ सागर (क्यास्पीयन सी) र ‘ककेशश’ पर्वतको नाम पनि खश (खश भन्ने शब्द ‘कश’ शब्दको अपभ्रंश हो) शब्दबाटै बनेको मान्दछन् । बेबिलोनियाका विख्यात सम्राट हम्मुरावीका छोरा सम्सुलुनाले ईपू १७३० तिर खशहरुको आक्रमणबाट बच्न ‘टाइग्रिस’ नदि निकट रहेको ‘दियाला’ भन्ने ठाउँमा बलियो सुरक्षा किल्ला बनाएको तथ्यलाई अनुसन्धानकर्ताहरुले प्रमाणित गरिसकेका छन् ।
बेबिलोनबाट ककेसस क्षेत्र हुँदै अफगानिस्तानमा राज्य गरेका खशहरुकै नामबाट त्यहाँका ‘खश मरुभूमि’, ‘खश नदी’, ‘बडा खशान प्रदेश’को नामाकरण गरिएको छ । ‘हिन्दकुश पर्वत’ र काशगर पर्वत‘को नाम पनि खशबाटै रहेको ठानिन्छ । सातौं औं सताब्दीतिर काश्मीरमा (त्यसबेला काश्मीरको नाम खशहरुको नामबाट खाश्मीर रहेको थियो) शासन गरेका खशहरु ११ औं सताब्दीमा कुमाउँ–गढवालका शासक बनिसकेका थिए । त्यो भन्दा पहिले मानसरोवरमा राज्य गरेका खशहरु सबैभन्दा पछाडि कर्णालीको सिंजामा आएर पूर्वतिर फैलिएका थिए । यो जाति भारतको मैदानी इलाकामा प्रवेश गरेको छैन ।
भारतीय शासकहरुले खश जातिलाई भारतको मैदानी इलाकाबाट आएको भनेर जुन प्रकारको भ्रम सिर्जना गर्दै आएका छन्, यो नेपाललाई आफ्नो दासत्वमा राखि राख्ने राजनीतिक षड्यन्त्रको अङ्ग हो । यो एक प्रकारको साम्राज्यवादी कुआकांक्षा हो, जसले भारतको सिमाना हिमालय पर्वत श्रृंखला हो भन्ने मान्यता राख्दै आएको छ । दक्षिण एशियाका देशहरुलाई आफ्नो अङ्गका रुपमा प्रस्तुत गर्ने भारतीय मनोविकारको परिणाम नै ‘रगतको नाता’को सिद्धान्त हो । द्वि(देश बीचको संबन्धलाई सार्वभौमसत्ता र राष्ट्रिय हितमा आधारित गर्न नचाहने यो कुत्सीत प्रचारको आम नेपालीका बीचमा खण्डन हुनु पर्दछ ।