मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

बैतडी साउन २ । बझाङ सदरमुकाम चैनपुरमा एक्कासि बाढी पस्दा ७ ओटा पसल बगाएको छ । बजारनजिकै रहेको बाउली खोलामा आएको बाढीले ती पसल र एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

‘बाढीले स्थानीय रामचन्द्र सिंहसँगै अन्य ६ जनाको पसल बगाएको छ,’ उनले भने । बगेका पसलमा किराना, तरकारी र फलफूल रहेको प्रहरीले बताएको छ । अझै १५ पसल बाढीको उच्च जोखीममा छन् । ३० ओटाभन्दा बढी गाविसलाई जोड्ने मुख्य झोलुङ्गे पुल बगाउँदा सदरमुकाम र गाउँको सम्बन्ध टुटेको छ । बाढीले मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । शुक्रवार बिहानदेखि परेको पानीका कारण बेलुकी आएको बाढी बजार क्षेत्रमा पसेको थियो । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post