मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, साउन २ । संसदमा सबैभन्दा ठूलो दल कांग्रेसलाई सत्ता बाहिर राख्न एमाले एमाले अध्यक्ष केपी ओलीले पठाएको रणनीतिक प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्वीकार गरेका छन् ।

आफ्नो नेतृत्वमा सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएपछि अफ्ठेरोमा परेका प्रधानमन्त्री ओलीले नौ महिनाका लागि समर्थन गर्ने प्रस्ताव दाहालले अस्वीकृत गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

स्रोतका अनुसार शान्ति प्रक्रियाका बाँकी काम कारबाही दाहालको नेतृत्वमा गर्ने र निर्वाचन शेरबहादुर देउवाको नेतृत्वमा गराउने समझदारी कांग्रेस र माओवादी केन्द्रबीच भएपछि आफू सत्ता बाहिर रहने अवस्था आउन नदिने ओलीले दाहाललाई त्यस्तो प्रस्ताव पठाएको स्रोतले बतायो ।

‘कांग्रेसले जस्तो हामी पनि तपाईसँग लिखित सहमति गर्न तयार छौ, भनेर एमालेबाट प्रस्ताव आएको थियो, यो प्रस्तावलाई मैले ढिलो भइसक्यो भनेर पठाइदिएँ’, दाहाललाई उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post