नवीन अभिलाषी,
दाङ साउन २६ । दाङको घोराही नगरपालिकाले सुचना केन्द्रलाई व्यवस्थित बनाएको छ । केहि वर्ष पहिले सञ्चालन सुरु गरेको सुचना केन्द्र व्यवस्थित बन्न सकेको थिएन । तर, सुचना केन्द्रको महत्व र मागलाई ध्यानमा राखेर नगरपालिकाले सुचना केन्द्रलाई व्यवस्थित गर्दै फेरि सञ्चालनमा ल्याएको हो ।
दाङ साउन २६ । दाङको घोराही नगरपालिकाले सुचना केन्द्रलाई व्यवस्थित बनाएको छ । केहि वर्ष पहिले सञ्चालन सुरु गरेको सुचना केन्द्र व्यवस्थित बन्न सकेको थिएन । तर, सुचना केन्द्रको महत्व र मागलाई ध्यानमा राखेर नगरपालिकाले सुचना केन्द्रलाई व्यवस्थित गर्दै फेरि सञ्चालनमा ल्याएको हो ।
नगरपालिकाले भवनको माथिल्लो तलामा एउटा छुट्टै कोठामा ईन्टेरनेट सम्बन्धी सुविधा भएको सुचना केन्द्र सञ्चालनमा ल्याएको हो । सुचना केन्द्रमा स्थानीयदेखि केन्द्रियस्तरका पत्रपत्रिकाहरु, पुस्तकहरु र ईन्टरनेट सम्बन्धी सबै सुचनाहरु केन्द्रबाट प्राप्त गर्न सकिने घोराही नगरपालिकाका सुचना अधिकृत प्रेम केसीले जानकारी दिनुभएको छ । सुचना केन्द्रमा कानुन, जिल्लाको बस्तुगत चिनारीहरुको झल्को दिने पुस्तक तथा सामग्रीहरु राखिएको छ । साथै ईन्टरनेट सम्बन्धी सुचनाका लागि एउटा कम्प्युटरको पनि व्यवस्था गरिएको छ । उक्त कम्प्युटर सुचना प्राप्त गर्न जाने सबैले चलाउने व्यवस्था मिलाइएको कार्यालय प्रमुख कार्यकारी अधिकृत तुफानसिंह केसीले जानकारी दिनुभयो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिकालाई पत्राचार गरे बमोजिम सुचना केन्द्रको स्थापना गरिएको नगरपालिकाले बताएको छ । सुचना केन्द्रको मंगलबार कार्यकारी अधिकृत केसीले उद्घाटन समेत गर्नुभएको छ । उद्घाटनमा सहभागी भएका पत्रकारहरुलाई सुचना केन्द्र स्थापनाका बारेमा जानकारी दिनुभएको थियो । साथै मन्त्रालयको निर्देशन अनुसार सुचना केन्द्रलाई आगामी दिनहरुमा संवैधानिक दस्तावेजहरु, अदालतका फैसला र आदेश, ऐन नियमहरु, कार्यविधि, निर्देशन, मापदण्डलगायतका विषयहरु, यस्तै आवधिक तथा क्षेत्रगत योजना वार्षिक बजेटका दस्तावेजहरु पनि राखिने बताउनुभयो । सुचना केन्द्रको मापदण्ड अनुसार सुचना केन्द्रमा अर्को एक थान कम्प्युटर सुविधा, सिसिटिभि जडानलगायतका सुविधाहरु थप गर्दै जाने कार्यकारी अधिकृत केसीले बताउनुभयो ।
सुचना केन्द्रलाई व्यवस्थित गर्नका लागि २ लाख रुपैयाँ बढि खर्च भएको नगरपालिकाले बताएको छ । सुचना केन्द्रमा केहि थान टेवल, कुर्सी, सोफाहरुको समेत व्यवस्था गरिएको सुचना अधिकृत केसीले बताउनुभयो । यसैबीच सुचना केन्द्रलाई प्रभावकारी बनाउनका लागि जिल्लाका लेखक तथा साहित्यकार र विभिन्न संघसंस्थाहरुलाई आफूले प्रकाशन गरेका जुनसुकै पुस्तकहरु निशुल्क वा सशुल्क सहयोग गर्न आग्रह गरेको भए पनि कुनै सहयोग प्राप्त नभएको कार्यकारी अधिकृत केसीले गुनासो गर्नुभएको छ । सञ्चार माध्यमबाट पुस्तक उपलब्ध गराउने बारेमा सुचना प्रकाशन गरेको भए पनि कुनै पनि व्यक्ति वा निकायहरुले सहयोग नगरेको जानकारी दिनुभएको छ ।
