काठमाडौँ, साउन २६ । मुलुकको पर्वतीय पर्यटनको विकासका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।
नेपालमा हिमालसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि एकेडेमी स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनुुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सगरमाथा आरोही सङ्घका प्रतिनिधिमण्डलसँगको भेटका अवसरमा प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
‘नेपाल हिमालयको देश हो । विश्वभरका मानिसले नेपालमा आएर माउण्टेनसम्बन्धी अध्ययन गर्न नेपाल माउण्टेन एकेडेमी स्थापना गर्न पहल गर्नेछु’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सहयोगी मनहरि तिमल्सिनाले राससलाई जानकारी दिनुभयो ।
सर्वोच्च शिखर सगरमाथासहित विश्वका आठवटा अग्ला हिमाल नेपालमा छन् । यिनले नेपालको पहिचानलाई विश्वभर चिनाएका छन् । नेपालको पर्यटनको महत्वपूर्ण आधार पर्वतारोहण र पदयात्रालाई मानिन्छ । पर्वतारोहणको अथाह सम्भावना रहे पनि अपेक्षित विकास हुनसकेको छैन ।
भेटका अवसरमा आरोहीहरुले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै आरोहणसम्बन्धी सम्भावना र जटिलताबारे अवगत गराएका थिए ।
हिमालको रक्षा र पर्वतारोहीको सुरक्षाका लागि आवश्यक नीति बनाउन र नेपाल पर्यटन विश्वविद्यालय स्थापना गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको भेटमा सहभागी सगरमाथा आरोही कृष्ण केसीले बताउनुभयो ।