मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, साउन २६ । केपी ओलीला‌ई दुइजना पात्रले रुने बनाएका थिए, माओवादी अध्यक्ष प्रचण्ड र मधेसी जनअधिकार फोरम लोकत्रान्तिकका विजयकुमार गच्छदार। आफूसंग सरोकार राख्ने कुरा र मन्त्रालयमा भनेजस्तो निर्णय भएन भने प्रचण्डले क्याबिनेट बैठक बसिरहेको बेला फोन गर्थे। ‘मन्त्रिपरिषद्का एजेण्डा पहिल्यै प्रचण्डकोमा पुगिसकेका हुन्थे, आफूलाई फाइदा हुने देखिएन भने फोन गर्थे, कतिपटक ओलीले बैठक चल्दाचल्दै उठेर हिड्नुपरेको थियो,’ निवर्तमान सरकारका एक मन्त्रीले भने।
सरकार अप्ठ्यारोमा परेपछि भाग खोज्दै हिँड्ने विजयकुमार गच्छदारले पनि हैरान पारे। भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्रालयको एजेण्डामा छलफल गर्ने पालो आउँदा ‘यो निर्णय भएन भने पार्टीमा मिलाउन गाह्रो हुन्छ, त्यो बेला सरकारमा रहिरहन समस्या हुन्छ,’ भन्दै फाइदा हुने निर्णय गराइछाड्थे। कुनै पनि नयाँ विकास कार्यक्रमबारे छलफल भयो भने सुनसरी र कैलालीमा पर्नैपर्ने उनीहरुको जोड रहन्थ्यो। ‘नेताहरु मन्त्री बन्न किन मरिहत्ते गर्छन् भन्ने लाग्थ्यो, देश लुट्न र राज्यकोष दोहन गर्न रहेछ,’ ती मन्त्रीले भने।
निर्वाचन आयोगले दल खारेज गरिदिए पनि मन्त्री बनेका प्रेमबहादुर सिंह र धर्मपरिवर्तन गराउने संस्थालाई राजनीतिक दलको रंग दिएर मन्त्री बनेका एकनाथ ढकालको चुरीफूरी पनि कम थिएन।
झलनाथको भनाइले झसंग
लिएको अडानका कारण आफ्नो लोकप्रियता बढ्दै गएको चाल पाएपछि सरकार ढाल्ने षड्यन्त्र पार्टीभित्रबाटै सुरु भएको ओलीले चाल पाइसकेका थिए। जब खनालले ‘अब काँध फेर्ने बेला भयो’ भने त्यसपछि सरकार ढाल्न पार्टीभित्रबाटै षड्यन्त्र सुरु भएको र कतिपय नेतालाई छटपटी र औडाहा सुरु भएको प्रधानमन्त्री ओलीको ठहर थियो। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post