मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, साउन २६ । विभाजित पूर्वपञ्चहरुलाई एकीकृत तुल्याउन भएको प्रयास फेरि असफल भएको छ। पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबिच विगत ६ महिनादेखि वार्ताटोली नै गठन गरेर एकीकरण प्रयास हुँदै आएको थियो। साउन २५ गते मंगलबार पार्टी एकता घोषणा गर्न सभाहलसमेत बुक भइसकेपछि एक दिनअघि मात्र एकता भाँडिएको छ।
प्राप्त जानकारीअनुसार कमल थापाले राष्ट्रिय अध्यक्षलाई ‘सेरेमनियल’ बनाउन प्रस्ताव गरेको र मन्त्रीमण्डलमा आफ्ना भाइ गणेश थापालाई समेत मन्त्री बनाएर पठाउन चाहेपछि एकता प्रक्रिया बिथोलिएको हो। संङ्घीयता, राजसंस्था र लोकतान्त्रिक गणतन्त्रका विषयमा महाधिवेशनले निर्णय लिने गरी राप्रपाको एकता प्रक्रिया अघि बढेको थियो। पशुपतिशमशेर राणा पार्टीको राष्ट्रिय अध्यक्ष बन्ने र कमल थापा अध्यक्ष बन्ने सहमति साउन १ गते भइसकेपछि एकता घोषणा गर्ने तिथि निर्धारण गरिएको थियो। घोषणाअघि राष्ट्रिय अध्यक्ष र अध्यक्षको काम, कर्तव्य र अधिकारसम्बन्धी विषय टुङ्गो लगाउन भएको छलफलमा कमल थापाले सम्पूर्ण अधिकार आफैँ (अध्यक्ष)मा राख्ने र पशुपतिशमशेर राणा (राष्ट्रिय अध्यक्ष) लाई अधिकाविहिन (सेरमनियल) बनाउन प्रस्ताव गरेपछि राणा पक्ष झस्किएको थियो।
यसैबीच प्रधानमन्त्री प्रचण्डका तर्फबाट लेखिएको एक पत्र पनि राप्रपाको एकीकरणमा बाधक बन्न पुग्यो। प्रधानमन्त्रीले राप्रपाबाट मन्त्री बनाइने दुईजनाको नाम सिफारिस गर्न पत्राचार गरेका थिए। कमल थापाले तत्काल दुईजनाको नाम मात्र नपठाएर एकीकरणपछि पाँचजनाको नाम एकैपटक पठाउनुपर्छ भनी अडान लिए।
राप्रपाले विक्रम पाण्डे र दीपक बोहोराको नाम पठाउने निर्णय गरिसकेको अवस्थामा कमल थापाले एकता घोषणापछि आफ्ना भाइ गणेश थापा, दिलनाथ गिरी र सुशील श्रेष्ठसमेतको नाम राखेर सिफारिस गरिनुपर्ने प्रस्ताव राखेका थिए। तर, पशुपतिशमशेर पक्ष कमल थापाको यस्तो प्रस्तावसंग सहमत हुन सकेन। आफूलाई अधिकारविहीन बनाउन खोजेको र कमल थापाले आफ्नो भाइलाई समेत मन्त्री बनाउन चाहेको स्पष्ट भएपछि पशुपरिशमशेर राणाले एकता घोषणासभामा सहभागी नहुने निर्णय गत सोमबार नै गरेका थिए। आजको घटना र विचार साप्ताहिकमा खबर छापिएको छ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post