मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, साउन २६ । दाङका असहाय बृद्ध दम्पत्तीलाई तीजको उपहारस्वरुप घर हस्तान्तरण गरिने भएको छ । रामपुर गाविस वडानम्वर–३ बालिमखोलाको किनारमा बस्दै आएका बृद्ध दम्पत्तीलाई जिल्लाका विभिन्न व्यक्ति र संस्थाको सहयोगबाट घर बनाई तीज अघि नै हस्तान्तरण गरिने भएको हो ।
लामो समयदेखि खोला किनारको झुप्रोमा बस्दै आएका ८३ वर्षिय नमबहादुर विक र ८० वर्षिया आइती विकका लागि विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगमा सुरक्षित घर बन्ने भएको छ । घर जीर्ण हुँदा बिक दम्पत्तीको दैनिकी कष्टकर बन्दै गएपछि १ लाख १५ हजार रुपैयाँ खर्च गरेर घर निर्माण गर्ने तयारी भइरहेको विद्यार्थी नेता प्रकाश शाहीले जानकारी दिनुभयो । आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न लत्ताकपडा वितरण गर्न बृद्ध दम्पत्ती कहाँ पुग्नुभएका शाहीले उनीहरुको दैनिकी देखेर घर बनाउने अभियानको थालनी गरेको जानकारी दिनुभयो ।
जिल्लाका उद्योगी, व्यवसायी, विद्यार्थी, समाजसेवी र पत्रकारहरुको संयुक्त पहलमा बिक दम्पत्तीलाई घर बनाइने भएको उहाँले बताउनु भयो । घर निर्माण गर्ने सहयोग उठ्नेक्रम जारी रहेको भन्दै शाहीले सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । घर बनाउने अभियान सुरु गरेको केही दिनमा ३६ हजार ८ सय ५ रुपैयाँ नगद संकलन भएको छ, धेरै व्यक्ति तथा संघसंस्थाहरुबाट सहयोगको आश्वासन आएको शाहीको भनाइ छ ।
उहाँका अनुसार घर निर्माणका लागि ग्लोवल आई.एम.ई. घोराहीका कर्मचारीको तर्फबाट १५ हजार ३ सय, दाङ निर्माण व्यवसायी संघबाट ५ हजार, संघका महासचिव शोकबहादुर रोकाबाट ५ हजार, दाङ जिल्ला उद्योग वाणिज्य संघबाट ५ हजार, राप्ती अञ्चल लिकर्स एशोसियशनबाट ५ हजार ५, सिटिजन्स बैंक ईन्टरनेशनल घोराहीका कर्मचारीबाट ४ हजार, हस्पिटल टोल विकास संस्थाका अध्यक्ष चित्रकान्त आचार्यबाट १ हजार २ सय रुपैयाँ सहयोग प्राप्त भएको छ ।
यस्तै दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष खड्गबहादुर बुढाथोकीले आवस्यक सिमेन्ट, संघका वाणिज्य उपाध्यक्ष नारायण भुसालले फलामका ढोका झ्याल, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य उमाकान्त भण्डारीले दुई ट्याक्टर बालुवा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । त्यस्तै गुरुकुल इन्टरनेशनल एकेडेमी घोराहीले घर निर्माणका लागि आवस्यक पर्ने टिन सहयोग गर्ने एकेडेमीका कार्यकारी अधिकृत अनन्तराज घिमिरेले प्रतिबद्धता जनाउनुभएको छ । घरका लागि अब व्लक इट्टाको आवस्यकता परेको घर निर्माणमा जुटेका युवाहरुले बताएका छन् ।
यसैबीच बृद्ध दम्पत्तीलाई घर बनाइदिने अभियानमा लागेकाहरुको बैठकले छिट्टै काम थाल्ने निर्णय गरेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नारायण भुसाल, विप्लव नेतृत्वको माओवादी निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य एवं राप्ती व्यूरो ईञ्चार्ज प्रकाश शाही, राष्ट्रिय प्रजातान्त्रीक युवक संगठनका केन्द्रीय सदस्य उमाकान्त भण्डारी, रेडियो मध्यपश्चिमका समाचार प्रमुख निमुसंगम घर्ती, गणतन्त्र दैनिकका उप–सम्पादक निशानदाजु भट्टराई, नेपाल पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली, नयाँ पत्रिकाका सम्वाददाता भुपेन्द्र वलीलगायतका व्यक्तिहरु बेसहारा बृद्ध दम्पत्तीलाई घर बनाइदिने अभियानमा लाग्नुभएको छ । बृद्ध दम्पत्तीलाई खान र बस्न धेरै समस्या रहेको भन्ने समाचारहरु दाङका विभिन्न सञ्चार माध्यमहरुले लामो समयदेखि प्रशारण प्रकाशन गर्दै आएका छन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post