मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं साउन २६ । माओवादी केन्द्रमा मन्त्री छनोटमा सकस भएको छ । पार्टीका तर्फबाट पठाउने मन्त्री छनोट गर्न मंगलबार बसेको बैठक अनिर्णीत भएको छ । आकांक्षी धेरै र गुटगत प्रतिनिधित्व खोजेपछि निर्णय नभएको हो । ऊ उचबअजबलमब
माओवादीले पार्टीको भागमा परेका ऊर्जा मन्त्रालयमा जनार्दन शर्मा, स्थानीय विकास मन्त्रालयमा हितराज पाण्डे, सूचना तथा सञ्चारमा राम कार्की, संसदीय मामिला तथा कानुनमा प्रभु साह र शिक्षा मन्त्रालयमा धनीराम ९डिआर० पौडेललाई मन्त्री बनाउने तयारी गरेको थियो । तर, संस्थागत भन्दा व्यक्तिगत प्रभावका आधारमा मन्त्री छनोट गर्न खोजिएको भन्दै नेताहरूले असन्तुष्टि जनाएको स्रोतले बतायो । प्रस्तावित नाममा क्षेत्रीय सन्तुलन नमिलेको, महिला मन्त्री नपरेको तथा गुटगत प्रवृत्ति बढेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन् ।
माओवादी केन्द्रको जम्बो महाधिवेशन आयोजक समितिको बैठक १० देखि १५ भदौसम्म भृकुटीमण्डपमा हुने भएको छ । पार्टी अध्यक्ष प्रचण्ड सरकारको नेतृत्वमा गएको र परिवर्तित राष्ट्रिय राजनीतिका कारण २ भदौबाट गर्ने भनिएको बैठक केही दिन पछि सारिएको नेता अग्नि सापकोटाले जानकारी दिए । ‘आयोजक समिति अलिक ठूलै संख्याको छ, त्यसकारण पनि बैठक भृकुटीमण्डपमा आयोजना गर्ने सोचिएको हो,’ सपाकोटाले भने, ‘सायद ठाउँ मिल्यो भने भृकुटीमण्डपमै हुन्छ ।’ आयोजक समिति बैठकले पार्टीको महाधिवेशनलगायतका विषयमा छलफल गर्नेछ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post