मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ साउन २७ । दाङको बिजौरी–९ छिल्लीकोटस्थित डोटेलडाँडाका किसानहरुले लगाएको मकै बालीमा जङ्गली जनावर बदेलले खाएर नष्ट गरेको छ । बदेलले स्थानीय टोपेन्द्र खड्का, सूर्यबहादुर खड्का, पूर्णबहादुर खड्काको गरी करीव १० कठ्ठा जमिनमा लगाइएको मकै बाली नष्ट गरेको किसानहरुले बताएका छन् ।

धेरै मकै थोरैकोे नष्ट गरेको भए पनि कम मात्रामा छिल्लीकोटका धेरै किसानको मकै बालीमा नोक्सानी गरेको पीडित किसान टोपेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार चारैतिर जंगल भएकाले वदेललाई रोक्न नसकिएको हो । गाउँमा एक साता यता बदेलको बिगबिगी बढेको स्थानीयले बताएका छन् ।

मकै बाली जोगाउन रातभर जाग्राम बसेर बदेल भगाउन किसानले प्रयास गरे पनि मकै खान नछोडेको किसानहरुले बताएका छन् । बिजौरी गाविसको विगट वस्ती मानिने उक्त स्थानमा बाँदरहरुले पनि अन्नबाली खाने गरेको किसानहरुले बताउने गरेका छन् । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post