मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवीन अभिलाषी,
दाङ साउन २७ । दाङको पहाडी क्षेत्रमा पर्ने हाँसीपुर गाविस जिल्लाको सदरमुकामबाट १३ कोष पूर्वी क्षेत्रमा गर्ने विकट गाविस हो । त्यहाँका स्थानीयहरुले सरकारका न्यूनतम सेवा सुविधाहरु पनि उपभोग गर्न पाएका छैनन् । अन्य गाविसहरुको तुलनामा विकट मानिने हाँसीपुरमा विकासका पुर्वाधारहरु पुग्न नसक्दा स्थानीयहरु राज्यले दिने सेवा सुविधाको उपभोग गर्नबाट बञ्चित भएका हुन् ।

उनीहरु अहिलेसम्म जोखिमपूर्ण बाटोमा हिड्छन् भने टुकी बालेर गुजारा चलाइरहेका छन् । गाविसमा अहिलेसम्म बिजुली बत्तीको सञ्जालले छुन सकेको छैन । जस्का कारण उनीहरु अध्यारोमा रात काट्ने गरेको छन् । हाँसीपुर गाविससम्म पुग्नका लागि कच्ची बाटो र पैदल यात्रा गर्नुपर्छ । गाविसका केहि भागमा जीप बाहेक ठूला सवारी तथा मालबाहक साधनहरु जान सकेका छैनन् ।

स्थानीय नागरिकहरुले सडकको अवस्था सुधार गरी बाह्रै महिना यातायातका साधन चल्ने वातावरण बनाउन माग गरेका छन् । हिउदको समयमा घोराही रामपुरदेखि हाँसीपुर बिर्खेसम्म गाडी चल्ने गरेको छ । तर, वर्षातको समयमा मुलाबारीदेखि माथि गाडी जान नसक्दा स्थानीयलाई आवतजावत गर्न समस्या हुने गरेको उनीहरुले बताएका छन् । भौगोलिक विकटताका कारण सडक निर्माण हुन नसकेको उनीहरुको भनाइ छ । बाटो नहँुदा खाद्यान्नलगायतका दैनिक उपभोग्य बस्तुहरु गाउँसम्म लैजान समस्या परेको हाँसीपुर–३ का लालबहादुर बुढाले बताउनुभयो ।

यस्तै गाविसका सबै वडाहरुमा विद्युत सुविधा पुग्न सकेको छैन । छेउका गाविसहरु झलमल्ल हुँदा हाँसीपुरमा भने विद्युत नपुगेको स्थानीय टेकबहादुर विकले बताउनुभयो । जस्का कारण केहि निकायहरुले सोलारको व्यवस्था गरेको भए पनि सम्पूर्ण गाविस अहिले अन्धकारमै रहेको उहाँको भनाइ छ । केहि घरमा विभिन्न संस्थाहरुको सहयोगमा सोलारबाट बत्ती बलेको छ । तर, विद्युत जडानका लागि करिव १० वर्ष पहिले पोलहरु गाडिएको भए पनि त्यसपछि कुनै प्रगति नभएकाले ती पोलहरु अहिले पनि बेवारिसे अवस्थामा रहेका छन् ।

विद्युतका पोलहरु गाडिएको भए पनि तार झुण्ड्याउने काम हुन नसकेको छैन । स्थानीय अगुवाहरुको सक्रियतामा गाउँ विकास समिति, जिल्ला विकास समितिलगायतको निकायहरुको सहयोगमा गाविसका विभिन्न स्थानमा ८५ वटा पोलहरु गाडिएका छन् । जहाँ विद्युत बिस्तारका लागि तोकिएको मापदण्ड नपु¥याएर पोलहरु गाडिएको भन्दै विद्युत प्राधिकरणले तार तानेको छैन । आफूसँग कुनै समन्वय नगरेर गाडिएका पोलहरु नै मापदण्ड अनुसार नरहेकाले तारहरु नतानेको उस्को भनाइ छ । सामान्य स्तरका पोलहरु निश्चित दुरी भन्दा निकै टाढा–टाढा गाडिएकाले त्यसलाई पुनः अध्ययन गरेर काम गर्नुपर्ने विद्युत प्राधिकरण कार्यालय घोराहीले बताएको छ ।

यस्तै सिंगो गाविसमा अहिलेसम्म एउटा पनि उच्चशिक्षा पढ्नका लागि निकाय छैन । गाविसमा एउटा मात्र माध्यमिक विद्यालय छ, भने तीन वटा निम्न माध्यमिक विद्यालय र १३ वटा प्राथमिक विद्यालय रहेका छन् । तर, विद्यार्थीहरुको पायक पर्ने स्थानमा विद्यालय नहँुदा त्यहाँ विद्यालय गएर पढ्ने विद्यार्थीको संख्या कम हुँदै गएको छ । माध्यमिक विद्यालय गाविस भरीमा एउटा मात्र भएको र उच्च शिक्षा पढ्नका लागि जिल्लाको सदरमुकाममै जानुपर्ने अवस्था रहेको गाविसका सामाजिक परिचालक गोविन्द पुनले जानकारी दिनुभयो । उच्चशिक्षा अध्ययनका लागि पढ्ने निकायहरु नै नहुँदा धेरै जसोले पढ्नै छोड्ने गरेको पुनले बताउनुभयो ।

गाविसको भौतिक तथा सामाजिक विकास हेर्ने सिंगो गाविसको कार्यालय नै भाडाको घरमा सञ्चालन भइरहेको छ । गाविसका कार्यक्रमहरु सञ्चालन गर्ने समस्या भइरहेको बेला सिंगो गाविसका गतिविधिहरु सञ्चालन गर्न भवन अभावमा समस्या भएको छ । गाविसले सञ्चालन गर्ने सम्पूर्ण गतिविधिहरु कोठा भाडामा लिएर गरिरहेको गाविसका सचिव केशवराज थापाले बताउनुभयो । गाविस भवन निर्माण गर्ने पहल भइरहेको समेत उहाँले जानकारी दिनुभयो । विकासका पुर्वाधारहरुको निर्माण तथा स्थानीयहरुले उपभोग गर्ने सेवा सुविधाहरु हाँसीपुर गाविसमा अहिलेसम्म पुग्न सकेको छैन । राजनीतिक दलहरुले सहयोग नगर्दा विकासबाट पछाडि परेको गाविसका उपभोक्ताहरुले बताएका छन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post