मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

रोल्पा, साउन २७ । सभामुख ओनसरी घर्तीले जनताको भावना अनुसार स्थानीय तह पुनःसंरचना गर्नुपर्ने बताउनुभएको छ । रोल्पाको लिबाङमा भएको स्थानीय तह पुनःसंरचना सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले यस्तो बताउनुभएको हो ।

व्यवस्थापिका संसदमा पनि सबै दलका सांसदहरुले स्थानीय तहको पुनःसंरचनाको प्रावधान अवैज्ञानिक भएको भन्दै सच्याउन माग गरेको बताउनुभयो । केन्द्रमा पनि प्रारम्भिक खाका ठिक नभएको कुरा उठेकाले जिल्लामा यसको कुरा उठ्नु स्वभाविकै भएको सभामुखले बताउनुभयो । जनताको सहजताको लागि स्थानीय तहको पुनःसंरचना गर्न लागिएको भन्दै सभामुख घर्तीले यसले उल्टै जनतालाई सास्ती हुन नहुने धारणा राख्नुभयो ।

जनताको भावना अनुसार स्थानीय तह पुनःसंरचना हुनुपर्ने भन्दै जनताबाट आएको सल्लाह सुझावलाई आफूले संसदमा पेश गर्ने समेत बताउनुभयो ।
स्थानीय तह पुनःसंरचना गर्दा जनताको सुझाव कार्यान्वयन गर्नका लागि गृह जिल्ला रोल्पा आउनुभएको सभामुख घर्तीले जनताको सुझाव अधिकत्तम समेटिनु पर्ने बताउनुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post