मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी


ओपेन्द्र बस्नेत,
दाङ साउन २६ । 
दाङ देउखुरी जिल्ला आदालत दाङले एक युवकलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश चुरामन खड्काको एकल इजलासले करणी मुद्दा खेपिरहेका रुकुमको जाँङ गाविस–७ बस्ने ३३ वर्षका लालबहादुर बोहरालाई ५ बर्ष कैद तथा १५ हजार जरीवानको फैसला गरेको हो ।

रुकुमकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरीकार्यालय तुलसीपुरले गत असार ६ गते पक्राउ गरी मुद्दा चलाएको थियो । बिहे गर्ने भनेर भागेर आएका दुवैजना तुलसीपुरको रक्षाचौर स्थित आफन्तको घरमा बसेको एक हप्तापछि प्रहरीले पक्राउ गरेको पीडकका परिवारले बताएका दाबी गरेका छन् । युवतीका दाइले दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको उनीहरुको आरोप छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post