मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, साउन २७ । तुुलसीपुर क्षेत्रमा विद्युुत् आपूर्ति अनियमित हुँदा उपभोक्ताले सास्ती भोग्नु परेको छ । लोडसेडिङ र लो भोल्टेजले उपभोक्ता हैरान भएका छन् । लामो अवधिको लोडसेडिङ र आउँदा पनि लो भोल्टज तथा अनियमित विद्युत् कटौतीको समस्या उच्चरूपमा बढेको छ ।
विद्युत् प्राधिकरणकोे लापरबाहीले आफूहरू महिनौंदेखि समस्या भोग्नु परेको उपभोक्ता बताउँछन् । सर्वसाधारणका साथै मिल, फर्निचर, ग्रिल, कम्प्युटर इन्स्टिच्युट, बैंक तथा वित्तीय संस्था, सञ्चार माध्यामजस्ता उद्योग अनियमित विद्युत् आपूर्तिको मारमा परेका छन् । यस क्षेत्रमा ११ घण्टाको नियमित लोडसेडिङ नै हुन्छ । त्यसमाथि अघोषित कटौती, लो भोल्टेजको समस्या उपभोक्ताले खेप्नु परेको छ ।

विद्युत्को अनियमित आपूर्तिले मेसिनरी उपकरण बिग्रन थालेको तथा त्यसमा पनि आएको लो भोल्टेजले सिस्टम नै खराब हुने गरेको तुलसीपुरका साइबर व्यवसायी सञ्जय आचार्यले बताए । “सामान्य चिमसमेत नबल्ने अवस्थाको विद्युत् छ,” त्यसले कसरी उद्योग धन्दा चलाउनु ?”

तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव नेत्रलाल ओलीले भने, “लो भोल्टेजले सबैलाई हैरान पारेको छ ।” विद्युत् अनियमिततका व्यवसायीले अधिकांश समय जेनेटर चलाएरै उद्योग कलकारखाना सञ्चालन गरिरहेको बताए ।

तुलसीपुर क्षेत्रमा मात्रै साना ठूला गरी करिब ४ सय उद्योग, व्यवसाय तथा कलकारखाना रहेको संघका अध्यक्ष विमल रिजालले जानकारी दिए । उनले जिल्लाको यस क्षेत्रमा २० करोडसम्मको लगानीका उद्योगहरू सञ्चालनमा रहेको बताए । “उद्योग व्यवसायमा लगानी बढिरहेको समयमा विद्युत्को समस्याले कायल बनाउँदैछ,” अध्यक्ष रिजालले भने, “विद्युत् प्राधिकरणले यसको समाधान तत्काल निकाल्नुपर्छ ।”

नेपाल विद्युत् प्राधिकरण कार्यालय तुलसीपुरका प्रमुख टंकराज गिरिले लो भोल्टेज र अनियमित लोडसेडिङ रहेको स्वीकार गर्दै राष्ट्रिय प्रणालीमै समस्याअनुरूप तुलसीपुरमा पनि समस्या आएको बताए । समस्या समाधानमा आफूले पहल गरिरहेको बताए ।

कारोबार दैनिक/ गोपाल शर्मा भट्टराई

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post