मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

घोराही, असोज १५ । घोराहीमा दसै सांगीतिक साँझ २०७३ हुने भएको छ । वडा दसँैको अवसर पारेर घोराही ११ स्थित भिगे्रली रिर्सोटमा दसै साँगीतिक कार्यक्रम हुन लागेको हो ।

काठमाडाँैस्थित फ्रि लाइन युनिट्स र स्थानीय म्याक्स इन्सच्युटको संयोजनमा यहि असोज १९ गते सो कार्यक्रम  हुन लागेको कार्यक्रम संयोजक निविद बज्राचार्यले जानकारी दिनुभयो । आयोजक संस्थाले शनिबार घोराहीको भिग्रेली रिर्सोटमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा जानकारी दिएको थियो ।

दसँैको अवसरमा परिवार तथा साथीभाइहरुलाई जमघट गराई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको संयोजक व्रजाचार्यले बताउनुभयो । बेलुकी ६ वजेदेखि १० वजेसम्म सञ्चालन हुने कार्यक्रममा आकर्षणको केन्द्रविन्दुमा काठमाडौँको क्रमशः नेपाल ब्याण्ड रहनेछ । नेपालसहित विश्वका विभिन्न देशहरुमा उत्कृष्ट प्रस्तुति दिएको ब्याण्डले दाङमा पहिलोपटक आफ्नो प्रस्तुति राख्न लागेको छ ।

कार्यक्रममा क्रमश ब्याण्डसहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने संयोजक ब्रजाचार्यले जानकारी दिनुभयो । सांगीतिक कार्यक्रममा सहभागिताका लागि टिकटको व्यवस्था गरिएको भन्दै आयोजक संस्थाले एउटा व्यक्तिलाई ६ सय रुपैया र २ जना व्यक्ति आएमा १ हजार रुपैयाको टिकटको व्यवस्था गरिएको बताएको छ । कार्यक्रमका सहभागीहरुलाई ‘ड्रिङ्कस’ सहीत खाजाको व्यवस्था गरिएको संयोजक व्रजाचार्यले जानकारी दिनुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post