मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नुवाकोट, असोज १६ । बेलकोट–३ स्थित निरञ्जना भगवती मन्दिरमा परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि दलित र ब्राह्मणक्षत्रीले सामूहिक रुपमा जमरा राखेका छन् ।

उपल्लो जानका भनिएकाको सँगै बेलकोट–१, २ र ३ मा बसोबास गर्ने दलित गरी पनि एक सय १० परिवारले मन्दिरमा सामूहिक जमरा राखेका हुन् । मन्दिरमा सामूहिक जमरा राख्ने परम्परा पृथ्वीनारायण शाहको पालादेखि चल्दै आएको स्थानीयवासी बताउँछन् । मन्दिरमा पुस्तौँदेखि चलिआएको सामूहिक जमरा राख्ने परम्पराले आजसम्म पनि निरन्तरता पाइरहेको र त्यसमा जातीय विभेद नभएको पूजा सञ्चालन समितिका अध्यक्ष श्यामप्रसाद तिवारीले बताउनुभयो ।

सामूहिक जमराको अभ्यासले जमरा राखेपछि दैनिक अनिवार्य रुपमा पूजाआजा गर्नुपर्ने र जमराको स्याहारसुहार गर्ने समय समेत बचत भएको स्थानीय शिक्षक जीवराज कँडेलले बताउनुभयो । निरञ्जना भगवती मन्दिर पौराणिक र शक्तिपीठका रुपमा परिचित छ । बडादसैँमा काठमाडौँ हनुमानढोकाको वैदिक विधिअनुसार पूजा सञ्चालन हुँदै आएको छ । मन्दिरमा बडादसैँ अवधिभर विशेष पूजा सञ्चालन हुने गरेको मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले बताउनुभयो ।

मन्दिरमा बडादसैँ सञ्चालनका लागि पहिले गुठी जग्गाको कुतबालीबाट पूजाको सञ्चालन गर्ने चलन रहे पनि गुठी जग्गाबाट कर सङ्कलन हुन छाडेपछि गाविसले वार्षिक रु ५० हजार अनुदान प्रदान गरेको गाविसका पूर्वअध्यक्ष वासुदेव कडुवालले बताउनुभयो ।

बेलकोटगढी नुवाकोटका नौ कोटमध्येको एउटा हो । बेलकोटगढी र निरञ्जना भगवती मन्दिरको संरक्षण र संस्कृति जोगाइराख्नका लागि युवाको सक्रियता महसुस गरेर बेलकोट युवा क्लबको स्थापना गरी सरसफाइसहित विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिँदैआएको अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post