मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, असोज १६ । दाङको घोराहीमा कण्डम हाउस खुलेको छ । एच.आई.भी एड्स र यौनरोगको रोकथाम गर्न सहयोग गर्ने उद्देश्यले कण्डम हाउसको खोलिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, दाङप्लस र ब्लुडायमण्डको सहयोगमा स्वास्थ्यकर्मी कमल चन्द र बलप्रसाद पुनले कण्डम हाउसको स्थापना गर्नुभएको हो । घोराहीको गणतन्त्र एफएम नजिकै खोलिएको कण्डम हाउसमा विभिन्न ब्राण्डका स्वदेशी तथा विदेशी कण्डमहरु पाइने सञ्चालक कमल चन्दले जानकारी दिनुभयो ।

एड्सका साथै विभिन्न यौन रोगको संक्रमण बढिरहेको समयमा त्यसबाट बचाउन जिल्लामा पहिलो पटक कण्डम हाउसको स्थापना गरिएको चन्दले बताउनुभयो । ‘जिल्ला जनस्वाथ्य कार्यालयका साथै एचआइभी एड्स को क्षेत्रमा कार्यरत दाङप्लस र ब्लुडायमण्डको सहयोगमा कण्डम हाउसको स्थापना गरेका छौं’, सञ्चालक चन्दले भन्नुभयो, ‘समाजमा फैलिदै गएको विकृति रोकथाममा सहयोगी बन्ने हाम्रो लक्ष्य रहेको छ ।’



त्यस्तै सञ्चालक बलप्रसाद पुनले कण्डम हाउसमा पुरुष र महिला दुवैका लागि सेक्स टोयहरु पनि बिक्रिका लागि राखिने जानकारी दिनुभयो । फोन सम्पर्कको आधारमा कण्डमका साथै सेक्स टोयहरु घरैसम्म पुर्याउने व्यवस्था मिलाएको भन्दै सञ्चालक पुनले यौन उत्तेजना बढाउने, शिघ्रपतन रोक्ने औषधिहरु पनि आफूहरु कहाँ पाइने जनाउनुभयो । करीव १० लाखको लगानीमा कण्डम हाउसको स्थापना गरिएको उहाँले जनाउनुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post