मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं असोज १६ । भारतले जम्मु काश्मिरको नियन्त्रण रेखामा सर्जिकल स्ट्राइकर भएको भनि गरेको दाबी कपोलकल्पित रहेको पाकिस्तानले बताएको छ । पाकिस्तानी सेनाका सूचना विभागका निर्देशक लेफ्टिनेन्ट जनरल आसिम सलिमले कुनै किसिमको सर्जिकल स्ट्राइक नभएको र भारतले गरेका सबै दाबी कपोलकल्पित, आधारहिन र झुट रहेको आरोप लगाउनुभयो ।

भारतले गोलाबारी गरेको र पाकिस्तानी सेनाले त्यसको जवाफ दिएको उहाँको भनाई छ । यस क्रममा आफ्ना दुई सैनिक मारिएको पाकिस्तानले बताएको छ । भारतीय सेनामा पनि हताहती भएको तर उनीहरुले यो सूचना किन लुकाएका छन् आफूले बुझ्न नसकेको उहाँले बताउनुभयो । भारतले भने आफ्ना सैनिक मारिएको भन्ने खबर झुट रहेको बताउँदै आएको छ ।

नियन्त्रण रेखामा सन् १९७१ देखि लागुभएको युद्धविरामको संयुक्त राष्ट्रसंघले अनुगमन गर्दै आएको छ । राष्ट्रसंघको अनुगमन टोलीले पनि सर्जिकल स्ट्राइक वा युद्धविराम उल्लंघन भएको नदेखिएको बताइसकेको छ । यसैबिच उहाँले आफ्ना सेना देशको पश्चिमी सीमामा भइरहेको आतंकवाद विरुद्ध लडिरहेको बताएको छ । देशको पश्चिमी सीमामा आतंकवादका घटना भइरहेको र सेनाले त्यसलाई नियन्त्रण गर्ने प्रयास गरेकाले त्यहाँ रहेका सैनिकलाई पूर्वी सीमामा ल्याउन नहुने लेफ्टिनेन्ट जनरल सलिमले बताउनुभएको छ ।

पाकिस्तान प्रशासित काश्मिरको भम्भर र तत्ता पानी सेक्टरको भ्रमणपछि उहाँले देशको सुरक्षाका लागि आवश्यक सबै किसिमको काम गर्न पाकिस्तान तयार रहेको बताउनुभएको हो । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post