मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, असोज १६ । केन्द्रीय बैंकले सर्वसाधारणका लागि आजबाट नयाँ नोट वितरण सुरु गरेको छ । नयाँ नोट वितरणका लागि नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीले ९ वटा काउन्टरको व्यवस्था गरेको छ ।

जेष्ठ नागरिक, अपांग, अशक्तका लागि एउटा छुट्टै काउन्टरको व्यवस्था गरिएको छ । यसैगरी, तोक आदेश लिएर नयाँ नोट साँट्न आउनेलाई पनि छुट्टै काउन्टर राखिएको छ ।

सर्वसाधरणका लागि ६ वटा काउन्टरको व्यवस्था गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले बताए ।

विभागले लाइन कसेका सर्वसाधरणलाई कुपन वितरण गर्ने र त्यसै कुपनको आधारमा नयाँ नोट वितरण गर्नेछ । आजको नागरिक दैनिकमा खबर छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post