मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, असोज १४  । भारत अधिनस्थ काश्मिरमा पाकिस्तानले आक्रमण गरेको दोस्रो दिन भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौँ जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन् ।

दुई देशबीच तनाव अत्यन्त चुलिएकोले सम्भावित खतराबाट सर्वसाधारण जनतालाई सुरक्षित राख्न उनीहरूलाई सार्नु परेको भारतीय अधिकारीहरूको कथन छ ।
सीमा पारीबाट हुनसक्ने बम, गोला प्रहारबाट जोगिनका लागि काश्मिरका कतिपय ग्रामीण इलाकाका बासिन्दालाई सचेत गराइएको र घर छोडी अन्यत्र जानै नसक्ने अवस्था परेमा घर बाहिर ननिस्कनसमेत सूचना गरिएको छ ।

पाकिस्तानबाट हुनसक्ने सम्भावित खतरा र गडबडीलाई दृष्टिगत गरी उत्तरी पञ्जाब राज्यमा पनि पाकिस्तानी सीमाबाट दश किलो मिटर भित्रसम्मका ग्रामीण बस्तीलाई पनि अन्यत्र सारिएको बताइन्छ ।

सारिएकाहरूलाई स्थानीय विद्यालय, गुरुद्वारा वा मन्दिरको हातामा कडा सुरक्षाबीच अस्थायी बसोबास गराइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आफ्नो घरबार, सरसामान बालीनाली, बस्तुभाउ माया मारी बिरानो ठाउँमा आउनु पर्दा दुःखी हुनु परे ता पनि राष्ट्रका लागि अझै दुःख झेल्न तयार भएको एक व्यक्तिले बताएका छन् ।

यसैबीच, आफ्नो सीमाक्षेत्र भित्र जबर्जस्ती प्रवेश गरेको भन्ने आरोप लगाई पाकिस्तानले बन्दी बनाएको भारतीय सैनिकलाई मुक्त गर्न भारतले हरसम्भव प्रयत्न गरिरहेको बताइएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post