मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

शरद रेग्मी,
दाङ, असोज १५ । पत्रकारहरु आफ्नो भविष्य सुरक्षित गराउनतर्फ लाग्नुपर्नेमा शनिबार आयोजित एक कार्यक्रमका सहभागी पत्रकारहरुले जोड दिएका छन् । पत्रकारहरुको भविष्य सुरक्षित नभएको भन्दै दाङका पत्रकारहरुले सुरक्षित भविष्यको खोजी आजैबाट गर्नुपर्ने बताएका हुन् ।

जिल्लाको तुलसीपुर क्षेत्रमा क्रियाशील पत्रकारहरुको आयोजनामा शनिबार राप्ती शान्ति उद्यान तुलसीपुर–३ गणेशपुरमा भएको दसंै मिलन तथा वनभोज कार्यक्रममा सहभागी पत्रकारहरुले पत्रकार भौतिक, सामाजिक र आर्थिक रुपमा सधैँ असुरक्षित हुने गरेको बताएका हुन् । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले पत्रकारिता क्षेत्रमा सम्भावना भन्दा चुनौती बढी रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष गौतमले पत्रकारको तलवले मुस्किलले घरखर्च चले पनि काम गर्न छाडेकै दिनबाट दैनिकी चलाउन समस्या हुने अवस्था रहेको बताउनुभयो ।

पत्रकारले आफ्नो क्षमता विकाससँगै श्रमजीवी पत्रकार न्युनतम पारिश्रमीक निर्धारण समितिले ताकेको तलव भन्दा कममा काम नगर्न जिल्लाका पत्रकारहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष गौतमले पछिल्लो समय पत्रकारितामा युवाको आकर्षण बढेकोप्रति खुसी व्यक्त गर्दै युवाको जोसलाई सहि ठाउँमा प्रयोग गरिए समाज रुपान्तरणमा पत्रकारिताले उल्लेख्य भूमिका निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले संविधान कार्यान्वयन नहुँदासम्म कसैका पनि अधिकार सुरक्षित नहुने भन्दै संविधान कार्यान्वयनका लागि सञ्चार माध्यमले दवाव दिनुपर्ने बताउनुभयो । त्यस्तै तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत उपसचिव टोपेन्द्रबहादुर केसीले विकास निर्माण र त्यससँग सम्बन्धित विषयमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वली,  संघका महासचिव बिरेन्द्र खड्का, प्रेस चौतारी नेपाल दाङका उपाध्यक्ष संगीत बस्याल, नेपाल पत्रकार महासंघ दाङका सदस्य बालाराम खड्का, प्रेस युनियनका केन्द्रीय सदस्य सुरेश श्रेष्ठलगायतले पत्रकार भौतिक, आर्थिक र सामाजिक रुपमा सुरक्षित नहुँदासम्म समाज विकासमा पत्रकारिताको योगदान अपेक्षित रुपमा हुन नसक्ने बताउनुभयो ।

रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय समाचार समिति राप्तीका कार्यालय प्रमुख नारायणी रजौरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा तुलसीपुर क्षेत्रका पाँच दर्जन बढी पत्रकारहरुको सहभागीता रहेको थियो । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post