मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

अहिले मेरो नयाँ चलचित्र ‘जोनी जेन्टलम्यान’को छायांकन भैरहेको छ । आज छायांकन सुरु भएको १३ औं दिन हो । हिजोसम्म भैसेपाटीमा हामी चलचित्रको छायांकन गरिरहेका थियौं । तर, आजबाट सानो ठिमी, भक्तपुरमा सुरु भएको छ ।

यसैले बिहान ४ः३० बजे नै प्रोडक्शन म्यानेजरको फोन आउँछ । म ढिलो उठ्ने भएकाले पनि यति चाडै फोन आउने गर्छ । बिहान ५ः३० बजे उठेर फ्रेस भएँ । घर अगाडि सुटिङको भ्यान आइसकेको थियो । १ गीलास दुध खाएर छायांकन स्थलमा पुगेँ । ८ बजे ब्रेकफास्ट खाएपछि मेकअपको काम भयो । आजको पहिलो टेक दिदा ९ बजेको थियो ।

आज मैले चलचित्रमा पहिलो पटक नायिकालाई देख्ने दृश्य थियो । हिरो बाइकमा जाँदै गर्दा हिरोइनलाई देख्ने र मन पराउने दृश्य थियो । चलचित्रकी नायिका आँचल शर्मा एक एनजीओमा काम गर्छिन् । उनीसँग नजिक हुनका लागि एनजीओका बालबालिकासँग नजिक हुने दृश्य थियो । खाना खानु अगाडि यस्तै दृश्य खिचिएको थियो । करिब ३ बजे हामीले खाना खायौं ।

दिनभर आज नायक र नायिकाको लभ सिक्वेन्स नै छायांकन भयो । हामीले अनलाइन नै सम्पादन पनि गरिरहेका छौ । धेरैले आँचल र मेरो केमेष्ट्री चलचित्रमा निकै राम्रो देखिएको भन्दै प्रशंसा गरेपछि मन प्रफुल्लित भएको छ ।

आज एसओएस बालग्रामका करिब सय जना बालबालिकासँग फोटो खिचेँ । उनीहरुलाई अटोग्राफ दिएँ । बालबालिकासँग यसरी घुलमिल हुन पाउँदा निकै खुशी लाग्छ । बेलुकी ६ बजे सुटिङ प्याकअप भएपछि घर फर्किएको छु ।

घरमा परिवारलाई आजको सुटिङको बारेमा दैनिक नै भन्ने गरेको छु । बेलुकी ९ः३० बजे खाना खाएर करिब १ घन्टा फेसबुक चेक गरेर सुत्छु । म सुत्दा दैनिक ११ देखि १२ बजेको हुन्छ ।

आजको दिन निकै राम्रो भयो । काम राम्रो भएकाले पनि होला मन प्रफुल्लित छ । आजको दिनलाई म ५ मा ४।३० दिन चाहन्छु ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post