मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवीन अभिलाषी,
दाङ, असोज १६ । पछिल्लो समय होटलमा लगानी गर्ने क्रम बढेको छ । दाङमा लगानीकर्ताहरु होटलतर्फ आकर्षित भएका छन्, भने जिल्लामा एकपछि अर्को गर्दै सुविधा सम्पन्न होटलहरु खुल्ने क्रम चलिरहेको छ । ४ वर्षअघिको तुलनामा गत आर्थिक वर्षमा करिव दुई गुणाले होटलमा लगानी बढेको घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांकले देखाएको छ ।

बितेको ४ वटा आर्थिक वर्षमा मात्रै जिल्लाका होटलहरुमा १२ करोड ७२ लाख रुपैयाँ लगानीको प्रस्ताव भएको छ । दाङका २ सय ७३ वटा नयाँ होटलमा १२ करोड ७२ लाख रुपैया लगानी प्रस्ताव भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले बताएको छ । कार्यालयका अनुसार बितेको आर्थिक वर्ष २०७२/७३ मा ८५ वटा होटल दर्ता भएका छन्, भने कुल ४ करोड रुपैयाँ लगानी प्रस्ताव भएको सुचना अधिकृत बामदेव शर्माले जानकारी दिनुभयो ।

त्यस्तै आर्थिक वर्ष २०७१/०७२ मा जिल्लाका विभिन्न स्थानमा ७३ वटा होटल सञ्चालनका लागि दर्ता भएका छन्, भने त्यसका लागि ३ करोड ८१ लाख लगानी प्रस्ताव गरिएको छ । यस्तै आर्थिक वर्ष २०७०/०७१ मा ५८ वटा होटल सञ्चालनका लागि २ करोड ३४ लाख रुपैया लगानी भएको छ । त्यस्तै आर्थिक वर्ष २०६९/०७० मा ५८ वटा होटल दर्ता भएका छन्, भने २ करोड ५७ लाख रुपैया लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयका शर्माले बताउनुभयो ।

गत आर्थिक वर्षमा मात्रै दर्ता भएका होटलबाट ७० जना पुरुष र १८ जना महिला गरी कुल ८८ जनाले लगानी गरेका छन्, भने २ सय ३२ जनाले प्रत्यक्ष रोजगारी पाएको कार्यालयको भनाइ रहेको छन् । एकपछि अर्को गर्दै अहिले जिल्लामा सुविधा सम्पन्न होटलहरु खुल्ने गरेका छन् । केहि वर्ष पहिलेसम्म जिल्लामा सामान्य किसिमका होटलहरु चल्दै आएकोमा अहिले अत्याधुनिक तथा वातानुकुलित कोठा, ईन्टरनेट सुविधा, स्वीमिङ पुल, खुल्ला पार्किङ सुविधाकासहितका होटलहरु खुल्दै आएका छन् ।

पछिल्लो समय दाङको बाटो भएर आउने जानेहरुको संख्या बढेपछि होटलहरुको संख्यामा बृद्धि भएको दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्र डाँगीले बताउनुभयो । व्यक्तिगत कामका लागि दाङ आउने र बाहिर जानेहरुका लागि बस्न होटल आवस्यक रहेको उहाँको भनाइ छ । बिगतको तुलनामा अहिले ठूला र भव्यहरु कार्यक्रमहरु हुने भएकाले त्यस अनुसारको सुविधा सम्पन्न होटलहरु आवस्यक रहेको उहाँले बताउनुभयो ।

जिल्लामा होटल व्यवसायको सम्भावना बढ्दै गएको लगानीकर्ताहरुले बताएका छन् । जिल्लामा उच्च अदालत गठन हुनु र प्रादेशिक राजधानी पनि जिल्लामै हुने सम्भावना भएकाले पनि भोलिका दिनहरुमा होटल व्यवसायको सम्भावना राम्रो रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले बताउनसभयो ।

 जिल्लाका घोराही, तुलसीपुर, लमहीलगायतका विभिन्न सहरहरुमा अझै गुणस्तरीय होटलको सम्भावना राम्रो भएको बताउनुभयो । बढ्दो क्रममा रहेको सहरीकरण, बसाई सराई, बढ्दो आवागमन, पर्यटकीय क्षेत्रहरुको विकास तथा प्रचारप्रसारका कारण पनि जिल्लामा होटलहरु खुल्ने क्रमले तीब्रता पाएको हो । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post