मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवरात्र व्रतको आरम्भमा स्वस्तिवाचन र शान्तिपाठ गरेर संकल्प लिनुस् । सर्वप्रथम भगवान् गणेशको पूजा गरेर मातृका, लोकपाल, नवग्रह र वरुण देवताको विधिपूर्वक पूजन गर्नुस् । त्यसपछि देवी माताको मुख्य मूर्तिलाई षोडशोपचारले पूजा गर्नुस् । दुर्गा देवीको आराधना र अनुष्ठानका दौरान महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजन तथा श्रीदुर्गासप्तशतीको पाठ नौ दिनसम्म गर्नुपर्छ । इच्छानुसार फलप्राप्तिका लागि विशेष मन्त्रले अनुष्ठान गर्नुपर्छ वा योग्य वैदिन ब्राह्मणद्वारा विशेष मन्त्र सहितको अनुष्ठान गर्नुपर्छ  ।

जमराका लागि जौ राप्ने
नवरात्रमा माटोको गमला, कतारो वा वेदीमा बालुवा राखी त्यसमा जौ रोपेर आँपको पातले ढाकिदिँदा तेस्रो दिनबाट अंकुर आउन थाल्छ । नौ दिनमा त्यो ढकमक्क जमरा बन्छ । त्यसको हरियाली परिवारमा धनधान्य र सुखसमृद्धिको प्रतीक हो ।

अखण्ड ज्योति एवं पाठ
सम्भव भएसम्म शुद्ध घिउको अखण्ड दियो बाल्नुस् । दियो ननिभोस् भनी सुनिश्चित गर्नका लागि टपरीमा प्वाल पारेर छोप्नुस् वा हावा अलिअलि आउने शीशाको भाँडोभित्र राख्नुस् ।

दुर्गा सप्तशती पाठ
दुर्गासप्तशतीका ७०० पवित्र श्लोकहरू मार्कण्डेयले रच्नुभएको हो । यो अत्यन्त प्रबल सिद्धिदायी ग्रन्थ हो । तन्त्र र मन्त्रका लागि यो यसको अद्वितीय महत्व छ । प्रमाद नगरिकन भक्तिभावका साथ यसको पाठ गर्दा देवी प्रसन्न हुनुहुन्छ ।

आरतीका नियम
आरतीका विशेष नियम हुन्छन् । विशेष ध्यान केमा पु-याउनुपर्छ भने देवीसमक्ष चौधचोटि आरती घुमाउनुपर्छ । चारचोटि चरणमा, दुईचोटि नाभिमा, एकचोटि मुखमा अनि सातचोटि पूरै शरीरमा आरती घुमाउनुपर्छ । आरतीका बत्तीहरू एक पाँच वा सात अर्थात् बिजोडी हुनुपर्छ ।

व्रत
सकेदेखि पूरै नौ दिन नभएपनि सप्तमी, अष्टमी वा नवमीको दिन चाहिँ निराहार उपवास राख्नु ठीक हुन्छ । यस बेलामा फलाहार मात्र गरेर व्रत बस्न पनि मिल्छ ।

कन्या पूजन
अष्टमी वा नवमीमा नौ वर्षकी कन्या तथा एक कुमारलाई घरमा बोलाएर पूजन गरी भोजन गराउनुपर्छ । त्यसपछि उनीहरूलाई उचित दक्षिणा एवं उपहार दिएर बिदा गर्नुहोला ।

 स्रोतः  पञ्जाब केशरी

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post