सिन्धुपाल्चोक, असोज १५ । सिन्धुपाल्चोकको राम्चे–६ मा पहिरोमा पुरिएर अस्थायी टहरामा बस्दै आएका एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
अबिरल वर्षापछि शनिवार बिहान साढे २ बजेतिर घरमाथिबाट खसेको पहिरोले अस्थायी टहरो पुरिँदा राम्चे–६ का एकै परिवारका तीन जनाको मृत्यु भएको हो। पहिरोमा पुरिएर चन्द्रकान्त तिमिल्सिनाका जेठा छोरा ३५ वर्षीया रामकुमार तिमिल्सिना, २५ वर्षीया छोरा उद्धब तिमिल्सिना र उनकी श्रीमती सम्झना तिमिल्सिनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिए।
पहिरोमा फसेका चन्द्रकान्त तिमिल्सिना र जेठी बुहारीको प्रहरीले उद्धार गरेको छ। घटनाबारे जानकारी पाएपछि विहान करिब ४ बजे घटनास्थल पुगेको प्रहरीको टोलीले सुरुमै रामकुमार तिमिल्सिना शव फेला पारेको थियो।
उद्धब र उनकी श्रीमती सम्झनाको शव भने प्रहरीले विहान १० बजेमात्रै फेला पारेको थियो।
घाइतेहरुको सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको प्रहरीका प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए। पहिरोले तिमिल्सिनासहित दुईजनाको घर पुरेको छ।