मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, मंसिर १ । कुवेतस्थित नेपाली दुताबासले समस्यामा परेका १७ घरेलु कामदार (हाउसमेड)लाई उद्धार गरी बुधबार स्वदेश पठाएको छ ।
घर मालिकलाई छाडेर दुताबासको सम्र्पकमा आएका हाउसमेडलाई सेल्टरमा राखेर स्वदेश पठाएको हो । ‘बिभिन्न समयमा दुताबासमा आएका पीडित हाउसमेडलाई आबश्यक प्रक्रिया पुरा गरी कुबेतबाट पठाएको हो,’ कुवेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले भने ।
ती हाउसमेडलाई फल्याई दुवईको ५५७७ नम्बरको उडानबाट बुधबार दिउसो २:४० मा त्रिभुबन बिमानस्थलमा आइपुगेका हुन् । त्यसरी आउनेहरुमा यमुना गुरुङ (संखुवासभा), मिना लवाती (मोरङ), पबित्रा थापा (दाङ), बद्रा धामी (लम्जुङ), पुर्णिमा दोङ (रौतहट), तुलसीकुमारी महत्तो –नवलपरासी), फुलमाया सतार (झापा), जानकी मुसहर (नवलपरासी), कुमारी सार्की (झापा), मलाङ ज्याम्लो घले (रसुवा), बबिता धामी (प्युठान), डोगरी थरुनी (बाँके), रेखा राई (सुनसरी), डम्बर कुमारी लिम्बु (झापा), कल्पना घले (बर्दिया), लक्ष्मी दमाई (बर्दिया) र मिना कुमारी पौडेल (सुनसरी) रहेका छन् ।
‘हाम्रो आग्रहमा डिपोर्टटेशन बिभागका अधिकारीहरुले हाउसमेडका स्पोन्सरबाट टिकट जुटाइदिएको हो’, राजदुत हमालले भने । दुताबासले राहदानी नभएका हाउसमेडलाई ट्राभल डकुमेन्ट जारी गरेको थियो ।
कुवेती स्पोन्सर छाडेर हिडेका हाउसमेडलाई स्वदेश पठाउन जटिल प्रक्रिया पुरा गर्नुपर्छ । ‘तलब नपाएका, श्रम शोषण भएका र मानसीक यातना पाएका हाउसमेडलाई सेल्टरमा राखेका थियौ । केही दुताबासकै सेल्टरमा थिए । केही कुवेतको सरकारी सेल्टरमा लगेर राखिएको थियो,’ उनले भने,‘उद्धार भएका हाउसमेडमा धेरै जसो लामो समय कुबेतमा बसेकाहरु छन् ।’
सरकारले कुबेतमा घरेलु कामदारमा जान प्रतिबन्ध लगाए पनि तेश्रो बाटो भएर गइरहेका छन् । कुबेतमा हाल झन्डै २४ हजार हाउसमेड कार्यरत रहेको हमालले बताए ।

साभारः इ- कान्तिपुर 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post