मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को २१ औँ राष्ट्रिय सम्मेलन आगामी चैत ३ गतेदेखि ७ गतेसम्म गर्ने निर्णय गरिएको छ ।
यही कात्तिक २७ देखि २९ गतेसम्म काठमाडौँमा बसेको पदाधिकारीको बैठकले चैत ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताउनुभयो । क्रान्तिकारीले पहिलो पटक प्रत्यक्ष मतदानबाट नेतृत्व छान्ने निर्णय गरेको छ । “यसअघि हामीले सहमतिबाटै नेतृत्व छानेका थियौँ”– उहाँले भन्नुभयो, “अबदेखि अध्यक्षसहित सबै कार्यसमिति मतदानबाट छान्ने निर्णय गरेका छौँ ।” उहाँका अनुसार २४३ केन्द्रीय कमिटीमा पाँच उपाध्यक्ष खुल्ला, चार उपाध्यक्ष समावेशी (छात्रा, जनजाति, मधेसी, दलित) र दुई जना उपाध्यक्ष मनोनित हुनेछन् ।

त्यस्तै सात प्रदेशबाट सात, समावेशी छ, विश्वविद्यालयबाट एक, खुल्ला दुई र मनोनित तीनसहित १९ जना सचिव र एक जना कोषाध्यक्ष चुनिने छन् । बैठकले केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला कोटा छुट्टाएको छ ।

यसैगरी क्रान्तिकारीले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारीलाई पनि सँगसँगै अघि बढाउने निर्णय गरेको छ । बैठकले राष्ट्रिय सम्मेलन, स्ववियु निर्वाचन र सङ्गठन सुदृढीकरणका लागि आगामी मङ्सिर ५ देखि पुस १५ गतेसम्म ‘क्रान्तिकारी विद्यार्थी जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको उपाध्यक्षसमेत रहनुभएका बस्नेतले जानकारी गराउनुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post